७ वैशाख २०८१ शुक्रबार
प्रविधि

झण्डै ५० प्रतिशत एनसेल ग्राहक स्मार्टफोन प्रयोगकर्ता

काठमाडौँ – इन्टरनेट सेवाको माग र प्रयोग बढेसँगै स्मार्टफोन प्रयोगकर्ताको संख्यामा पनि उलेख्य वृद्धि भइरहेको अवस्थामा एनसेलका झण्डै ५० प्रतिशत ग्राहकले स्मार्टफोन प्रयोग गर्ने गरेको तत्थ्य सार्वजनिक भएको छ । 

एनसेलको प्रमुख लगानीकर्ता मलेसियन आजियाटाले सार्वजनिक गरेको २०१७ को पहिलो त्रैमासिक प्रतिवेदन अनुसार एनसेलका ४९ प्रतिशत ग्राहकले स्मार्टफोन प्रयोग गर्ने गरेका छन् । 

उक्त प्रतिवेदन अनुसार २०१६ को अन्तिम त्रैमासको तुलनामा २०१७ को पहिलो त्रैमासमा स्मार्टफोन प्रगोगकताहरुमा ७ प्रतिशत विन्दुले वृद्धि भएको हो । नियमक निकाय नेपाल दूरसञ्चार प्रधिकरणको पछिल्लो विवरण अनुसार, एनसेलका ६७ लाख ३९ हजार ग्राहकले डाटा सेवा प्रयोग गर्दछन् ।

यसैबीच एनसेलले डिजीटल नेपाल निर्माणमा योगदान पुर्‍याउन  भन्दै इन्टरनेट पूर्वाधारमा रु ३० अर्ब लगानी थप्दै सन् २०१८ भित्रमा दुर्गम र ग्रामिण क्षेत्र लक्षित गर्दै थ्रिजी सेवा देशको कूल जनसंख्याको ६० प्रतिशतमा पुर्‍याउने बताएको छ । त्यसैगरी कम्पनीले २०१७ भित्रमा फोरजी सेवा १५ प्रतिशत जनसंख्यामा पुर्‍याउने सार्वजनिक गरेको छ र देशका विभिन्न ४० सहरहरुमा यो सेवा विस्तारका लागि नेटवर्क परीक्षण लगायतका कामहरु भइरहेको जनाएको छ ।

 एनसेलले काठमाडौं उपत्यका लगायत बनेपा, धुलिखेल, नगरकोट, पोखरा र दमौलीमा फोरजी सेवा प्रदान गर्दै आएको छ भने जनसंख्याको हिसाबमा १०.३ प्रतिशतमा यो सेवाको पहुँच पुर्‍याएको बताएको छ । २०१० देखि सरकारसँग फोरजी संचालनका लागि अनुमति माग्दै आएको एनसेलले जेठ १८ बाट फोरजी सेवा सुरु गरेको हो ।

 

प्रकाशित: ५ श्रावण २०७४ १०:२० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App