रोनाल्डो पेनाल्टीमा चुक्दा पोर्चुगल बराबरीमा रोकियो

आइतबार, ०५ असार २०७३, ०७ : ३०

काठमाडौं- युरो कपअन्तर्गत गएराति सम्पन्न खेलहरुमा बेल्जियमले जित हात पार्दा पोर्चुगल र अस्ट्रिया तथा हंगेरी र आइसल्याण्ड बराबरीमा रोकिएका छन्। पहिलो खेलमा बेल्जियमले आयरल्याण्डलाई ३-० गोलले पराजित गर्दै नकआउट चरणमा पुग्ने आशा जिवितै राखेको छ।

बोरुडक्समा सम्पन्न खेलको पहिलो हाफ देखिनै आयरल्याण्डलाई दबाबमा राखेको बेल्जियमले गोल गर्न भने दोस्रो हाफसँग कुर्न परेको थियो। बेल्जियमको जितमा रोमियुल लुकाकोले २ तथा एलेक्स वेट्सिलले १ गोल गरेका थिए। लुकाकोले खेलको ४८ तथा ७०औं मिनेटमा गोल गरेका थिए भने वेट्सिलले खेलको ६१औं मिनेटमा गोल गरेक थिए।

जितसँगै बेल्जियमको ३ अंक भएको छ र समूह ईबाट नकआउट चरणमा पुग्ने आशा जिवितै राखेको छ। यस समूहबाट इटली २ खेल जित्दै नकआउट चरणमा प्रवेश गरिसकेको छ।

त्यस्तै आइसल्याण्ड र हंगेरीले एक-एक गोलको बराबरी खेलेका छन्।  पहिलो हाफको ३९औं मिनेटमा गिफ्ट सुगाडसनको पेनाल्टी गोलबाट १-० को अग्रता लिएको आइसल्याण्डले दोस्रो हाफमा अग्रता जोगाउन नसक्दा अंक बाँड्न बाध्य भयो। खेल सकिन तीन मिनेट बाँकी रहँदा वैकल्पिक खेलाडीका रुपमा मैदान प्रवेश गरेका नेमान्जा निकोलसले आत्मघाति गोल गर्दा खेल एक-एक गोलको बराबीमा सकिएको थियो।

अर्को खेलमा क्रिस्टियानो रोनाल्डो पेनाल्टीमा गोल गर्न चुक्दा पोर्चुगल आइसल्याण्डसँग गोलरहित बराबरीमा रोकिएको छ। पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ७८औं मिनेटमा अस्ट्रियाका मार्टिन हिन्टगरले रोनाल्डोलाई डी एरियामा लडाउँदा प्राप्त पेनाल्टीमा उनी गोल गर्न चुकेको हुन्। त्यसपछि खेलमा कुनै गोल भएन र खेल गोलरहित बराबरीमा सकिएको हो।

समूह एफमा सबै टोलीले समान दुई दुई खेल खेल्दा हंगेरी ४ अंकसहित समूहको शीर्ष स्थानमा छ भने समान २/२ अंक भएका अस्ट्रिया र पोर्चुगल दोस्रो र तेस्रो स्थानमा छन्।





यसमा तपाईको मत

अन्य समाचार

३० हजार मुनिका उत्कृष्ट मिडरेन्ज एन्ड्रोइड स्मार्टफोनहरू (२०२०)

३० हजार मुनिका उत्कृष्ट मिडरेन्ज एन्ड्रोइड स्मार्टफोनहरू (२०२०)

नेपाली बजारमा उपलब्ध भएका र लगभग ३० हजारमा पाइने केही स्मार्टफोनबारे तल चर्चा गरिएको छ ...

एन्ड्रोइडको नयाँ संस्करण : एन्ड्रोइड ११ - यस्ता छन् विशेषताहरू

एन्ड्रोइडको नयाँ संस्करण : एन्ड्रोइड ११ - यस्ता छन् विशेषताहरू

गुगलले एन्ड्रोइडको नयाँ संस्करण अर्थात् एन्ड्रोइड ११ को डेभलपर प्रिभियु रिलिज गरेको छ । ...

सूर्या लाइफको ब्रान्डदूतमा जोशी

सूर्या लाइफको ब्रान्डदूतमा जोशी

गायिका इन्दिरा जोशी ब्रान्ड एम्बेसडरको रुपमा सूर्या लाइफ इन्स्योरेन्समा आबद्ध भएकी छिन् । ...

मेगाले दोहा बैंकबाट सवा दुई अर्ब ल्याउने

मेगाले दोहा बैंकबाट सवा दुई अर्ब ल्याउने

उसले कतारको दोहा बैंकबाट दुई अर्ब २५ करोड रुपैयाँ भित्र्याउन लागेको विज्ञप्तिमार्फत जानकारी गराएको छ । ...

सुबिसुको नयाँ प्याकेज

सुबिसुको नयाँ प्याकेज

केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी सुबिसु केबलनेटले क्यान इन्फोटेक २०७६ को अवसरमा ‘सुबिसु क्यान इन्फोटेक अफर’ ल्याएको...

अफर स्टलमा अवलोकनकर्ताको भीड

अफर स्टलमा अवलोकनकर्ताको भीड

क्यान इन्फोटेकको तेस्रो दिन आइतबार अवलोकनकर्ताको मुख्य आकर्षणमा अफर सहितका स्टल परेका छन् । ...

सिभिल बैंकको नयाँ शाखा सुनवलमा

सिभिल बैंकको नयाँ शाखा सुनवलमा

समृद्धिका लागि सिभिल बैंक भन्ने नाराका साथ अगाडी बढिरहेको सिभिल बैंकले आफ्नो शाखा संजालमा विस्तार गर्ने क्रममा आज नवलपरासी जिल्लाको...

कोका–कोला मोःमोः उत्सवका लागि नयाँ टिभीसी सार्वजनिक

कोका–कोला मोःमोः उत्सवका लागि नयाँ टिभीसी सार्वजनिक

कोका–कोलाले ५औं कोका–कोला मोःमोःउत्सव क्याम्पेनका लागि नयाँ टिभी कमर्सीयल सार्वजनिक गरेको छ । ...

Ncell Footer Ad