६ वैशाख २०८१ बिहीबार
समाज

कोदालो प्रहार गरी श्रीमानको हत्या

म्याग्दी— म्याग्दीको मालिकागाउँपालिका–२ रुमको धुलावाङमा एक युवतीले आफ्नै श्रीमानको हत्या गरेकी छन्। मंगलबार राति १० बजे आफ्नै घरमा बसेकी २५ बर्षिया रञ्जना जिसीले ३४ बर्षिया शिव जिसीलाई कोदालोले टाउकोमा प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको इलाकाप्रहरी कार्यालय दरवाङले जनाएको छ।

घरायसी झगडा हुँदा रिसको झोँकमा श्रीमतीले कोदालो प्रहार गरेको प्रहरीले जनायो। श्रीमान्–श्रीमतीबीच विवाद  चर्किएपछि कोदालोले प्रहार गरेको स्थानीयले जानकारी दिएका थिए। इलाका प्रहरी कार्यालय दरवाङबाट ५ जनाको टोलीले घटनास्थलमा पुगेर प्रहरीले रञ्जनालाई पक्राउ गरेको छ।

घटनाको अनुसन्धान भइरहेको छ। प्रहरीले अनुसन्धानको कार्य सम्पन्न गरी मृतकको पोष्टमार्टमका लागि जिल्ला अस्पतालमा ल्याइएको छ। एक महिना अगाडि मालिकागाउँपालिकाकै देविस्थानको जुग्जामा एक महिलाले आफ्ना श्रीमानलाई घरेलु हतियार प्रहार गरेर हत्या गरेकी थिइन्। घरायसी झगडा, मदिरा सेवन, मानसिक समस्या लगायतका कारण हत्याका घटना हुने गरेको प्रहरी निष्कर्ष छ।
 

प्रकाशित: ४ श्रावण २०७४ १२:०१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App