coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

बोनम्यारो क्यान्सर पीडित कलाकार सेन्चुरीलार्इ बचाउन अभियान

काठमाडौं– बोनम्यारोको क्यान्सरबाट पीडित गायक तथा मोडल सन्दिप सेन्चुरीको उपचारका लागि काठमाडौंको गोंगबुस्थित सुनचाँदी व्यवसायी सेवा समितिले सेन्चुरी बचाउ अभियान सञ्चालन गरेको छ।

मोरङको बयरवन–३ हरकपुर स्थायी घर भएका २७ वर्षीय मोडल सेन्चुरीको उपचारका लागि करिब ३२ लाख रुपैयाँ लाग्ने र उनको आफ्नो जायजेथाले नभ्याउने भएपछि समितिले अभियान सञ्चालन गरेको समितिका अध्यक्ष नारायण सुनारले जनाएका छन्।

कलाकार बनेर आफूलाई चिनाउने सपनासहित काठमाडौं छिरेका र केही म्युजिक भिडियोहरुमा अभिनयसमेत गरेका नव कलाकार सेन्चुरीले गत वर्ष मात्रै विवाह गरेका सुनारले जानकारी दिए। भारतका विभिन्न अस्पतालमा प्रारम्भिक उपचारमा जायजेथा बेचेर १२ लाख रुपैयाँ खर्च गरिसकेका सेन्चुरीका बोनम्यारो ट्रान्सप्लान्टका लागि थप ३२ लाख रुपैयाँ लाग्ने भएपछि उनलाई बचाउन अभियान सञ्चालन गरिएको हो।

सुनचाँदी व्यवसायी समेत रहेका नव कलाकार सेन्चुरीलाई सहायता रकम संकलन गरेर जम्मा गर्न चाहनेहरुले सुनचाँदी व्यवसायी सेवा समिति गोंगबुमा संपर्क गर्न सकिने अध्यक्ष सुनारले बताए।

 

प्रकाशित: ८ श्रावण २०७३ १४:२८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App