८ वैशाख २०८१ शनिबार
अर्थ

अदुवा बाेकेका ६० ट्रक भारतले राेक्याे

काँकडभिट्टा स्थित मेची भन्सार परिसरमा थन्किएका अदुवाका ट्रक । तस्बिरः राजु अधिकारी

झापा – नेपाली पक्षले कागजी प्रक्रिया पूरा गरे निकासी नरोक्ने बताएको भारतीय पक्षले ‘सर्भर बिग्रिएको’ कारण देखाउँदै नेपाली अदुवाको भन्सार जाँचपास गर्न अस्वीकार गरेको छ । भारतीय अनिच्छाका कारण काँकडभिट्टाको मेचीभन्सार परिसरमा अदुवा बोकेका ६० भन्दा बढी ट्रक थन्किएका छन् ।

मंगलबार दिनभरजसो नै ट्रकथपिने क्रमजारी रह्यो । तर, भारतीयपक्षले निकासी प्रक्रिया अघि बढाउन इच्छा नदेखाउँदा लामो समयदेखि नाकामा थन्किएका अदुवा कुहिने अवस्थामा पुगेका छन् । ‘३५ वटाभन्दा बढी ट्रक यहाँ थन्किएको १०दिनभन्दा बढी भयो,’ सातदिनदेखि नाकामा अलपत्र ट्रकका चालक दिपक तामाङले भने, ‘धेरै ट्रकको अदुवा कुहिन थालेको छ । बाहिरैसम्म गन्हाउन थालिसक्यो ।’ उनका अनुसार अहिले भन्सार परिसरमा दुई सयभन्दा बढी यातायात मजदुरको बिचल्ली छ। 

निर्यातकर्ताले जुनसुकै बेला ट्रक भारततिर लैजानुपर्ने भएकाले मजदुरलाई घर जानदिएका छैनन् । ‘तर, आजै हुन्छ, भोलि हुन्छ भन्दाभन्दै यहाँ रोकिएको १२ दिनपुग्यो,’अर्का ट्रक चालक नरेश मगरले भने, ‘ट्रकमा राखेको अदुवाकुहिसक्यो खै कहिले खुल्छ बिजोग भइसक्यो ।’ उनकाअनुसार गएको शनिबारदेखि नै अदुवाखुल्ने कुरा थियो । तर, भारतीयभन्सारले दिनैपिच्छे सर्भर बिग्रेको कारण देखाएर कागजीप्रक्रिया नै अघि बढाएको छैन । 

भारतीयपक्षले अदुवा नरोक्ने सार्वजनिकअभिव्यक्तिदिएलगत्तैदेखि निकासीकालागि ठिक्क पारिएकाअदुवाका ट्रक धमाधम मेचीभन्सार परिसरमाथुप्रिएकाथिए । सोमबार साँझ पानीट्यांकी भन्सारमा कुरा बुझ्नगएको नेपालीनिर्यातकर्ताको टोलीलाई भन्सार अधिकारीले मंगलबारदेखि निकासीखुलागरिदिने वचनदिएकाथिए । भारतीयपक्षको यहीभनाइकाआधारमै निर्यातकर्ताले अदुवाको थपट्रक बोलाएकाथिए। तर, मंगलबार बिहानैदेखि पानीट्यांकी भन्सारले आफ्नो सर्भर फेरि बिग्रेको भन्दै प्रक्रियासुरु गर्नै आनाकानी गरेको छ । भारतीयपक्षको यस्तो रवैयाले नेपालीपक्ष संशकितबनेको छ । ‘हिजो अस्तिसम्म त जिएसटीकै कारण रोकिएको होला जस्तो लागेको थियो,’ एकजनानिर्यातकर्ताले भने, ‘अबचाहिँभारतले नियतवश रोकेको हो जस्तो लाग्नथालेको छ । दिनैपिच्छे सर्भर बिग्रेकोबहानाहुनथालेको छ ।’ उनकाअनुसार सुरुका केहीदिन पानीट्यांकी भन्सारले ‘नेपालीअदुवाआयातकर्ताको जिएसटी कोड’ आइनसकेको भन्दै रोकेको थियो । अहिले भने दिनैपिच्छे सर्भर बिग्रेको कारण देखाइरहेको छ । 

तर, भारतीय दाबी पत्याउन लायक नरहेको निर्यातकर्ता बताउँछन् । ‘अरु सामानधमाधमगइरहेका छन्, कुनै रोकावट छैन,’निर्यातकर्ता विष्णु राईले भने, ‘अदुवाको मात्रै कसरी सर्भर बिग्रेर रोकिन्छ, ताज्जुबलाग्दो कुरा छ ।’मंगलबार पानीट्यांकी भन्सार पुग्दात्यहाँका कसैले बोल्नै चाहेनन् । दिनहुँ सर्भर बिग्रिन्छ किअदुवा रोक्नै चाहेको हो भन्ने प्रश्नमाभारतीयभन्सारकाअधिकारीहरु उल्टै झर्किए । ‘प्रविधिको कुरा हो, हाम्रो के चल्छ?’ कुरा गर्न समेत नचाहेका पानीट्यांकी भन्सारका अधिकारीहरुले मंगलबार भने, ‘सिस्टमभन्दा बाहिर गएर हामीले काम गर्न मिल्छ ?’ 

वस्तु तथा सेवा कर (जिएसटी) प्रणाली लागूभएर  कर तिर्नुपर्ने भएपछि नेपाली पक्ष आफैंले अदुवा नल्याएको भारतीयभन्सार अधिकारीले बताउँदै आएका थिए । नागरिकसँगतीन दिनअघि कुरा गर्ने क्रममापानीट्यांकी भन्सारकाअधिकारीले ‘प्रक्रिया पूरा गरेर आएअदुवा एकै मिनेट पनि नरोक्ने’ बताएका थिए । तर, सम्पूर्ण कर तिर्ने र कागजी प्रक्रिया पूरा गर्नतिर नेपाली निर्यातकर्ता अघि बढ्न खोज्दा भने भारतीय भन्सारले अनेक बहाना गर्न थालेको छ । यसले अदुवा निकासी हुने मुख्य सिजनमै फेरि भारतले नियतवश अवरोध गरेको हुन सक्ने आंशका बढेको छ । 
नेपालमा अत्यधिक उत्पादन हुने कृषि वस्तु अदुवाको एक मात्र अन्तर्राष्ट्रिय बजार भारत हो । बजारमा एकलौटी अधिकार चल्ने भएपछि भारतीय पक्षले हरेक वर्ष जसो नेपाली अदुवाको निकासीलाई समस्यामा पार्दै आएको छ । गत वर्ष दुई महिनासम्म विषादी मिसिएको र चिनियाँ अदुवा मिलावट भएको आरोप लगाउँदै भारतले अदुवा रोकेको थियो । तर, पछि प्रयोगशालामा परीक्षण हुँदा भारतीय दाबी असत्य ठहर भएको थियो । 

यसपटक अर्को नयाँ बहानामा अदुवा फेरि रोकिएको छ । भारत सरकारले जुलाई १ देखि जिएसटी लागू गरेयता नेपालबाट अदुवा भारत जान रोकिएको हो । भारतीय भन्सार अधिकारीले  यसअघि कररहित सुविधामाभारत प्रवेश गरिरहेको नेपाली अदुवामा कर लाग्ने भएपछि नेपाली निर्यात कर्ताले अदुवा नपठाएको बताइरहेका थिए । अहिलेसम्म ‘जिन्जर’ शीर्षकमा कररहित रुपमा अदुवा भारत भित्रि रहेको थियो । तर, जिएसटीलागू भएपछि ‘जिन्जर’मा पाँच प्रतिशत कर लाग्ने भएको छ भने ‘फ्रेस जिन्जर’ कररहितभएको उनीहरुको भनाइथियो । यो थाहापाएको नेपालीपक्षले कर तिरेर भएपनिअदुवा पठाउने बताइरहेको छ । तर, कर तिर्नसमेत नदिने बहानाभारतीयपक्षले देखाइरहेको छ । 

अहिले अदुवाको माउनिकालेर बजार पठाउने बेलासुरु भएको छ । साउनपहिलो सातादेखि नेपालमाअदुवाको माउभिक्ने सिजन सुरु हुन्छ । ठीक यही बेलाअवरोध दोहोरिएपछि अद्ुवाको निर्यात व्यापार जोखिमपूर्ण बनेको छ । ‘अहिले गाउँ–गाउँबाट अदुवाबजार पठाउन ठिक्क पारिएको छ,’अदुवाव्यवसायीलक्ष्मीओडारीले भने, ‘नाकामाभएकाअदुवाकुहिनथाले । ट्रकमा लोडभएको संख्यापनित्यत्ति नै छ । यस्तै तालहो भने हाम्रो करोडौं लगानी डुब्ने अवस्थाआयो । सरकारले मौनता साँध्नु भएन ।’ 

 

प्रकाशित: ४ श्रावण २०७४ ०६:१४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App