८ वैशाख २०८१ शनिबार
समाज

सप्तकोसीमा पानीको बहाब वर्षकै उच्च, खतराको संकेत रातो बत्ती

इटहरी– सप्तकोसी नदीमा यस वर्षकै उच्च पानीको बहाव पुगेको छ। पाँच दिनयता निरन्तर पानीको बहाव बढ्दो गतिमा भएकाले शनिबार अपरान्ह ४ बजेको मापन अनुसार २ लाख ४२ हजार ७ सय २५ क्यूसेक पुगेको छ।

पहाडी जिल्लामा निरन्तर बर्षा भएकाले गर्दा पानीको बहाव बढ्दो छ। पानीको वहाब बढेसँगै अहिले कोशी ब्यारेजका ५६ ढोकामध्ये अहिले ३१ वटा ढोका खुल्ला राखिएको छ। कोशी ब्यारेजमा अहिले खतराको संकेत रातो बत्ती दुईवटा बालिएको छ।

कोशी ब्यारेजमा पानीको बहाव १ लाख ५० हजार काट्ने वितिकै खतराको संकेत रात्तो बती बाल्ने गरिन्छ। एक लाख ५० हजार मात्र पानीको बहाव कटेमा पश्चिमतर्फ र दुई लाख काट्नेवित्तिकै पूर्वतर्फ खतराको रातो बत्ती बालिने गरिन्छ। पानीको बहाव ३ लाख कट्नासाथ मध्यभागमा पनि रातो बत्ती बाल्ने गरिएको छ। कोशीमा ३ लाख पानीको बहाव कटेमा बढी खतरा हुने गर्छ।

अहिलेसम्म कुनै खतरा भने नभएको स्थानीय प्रशासनले जनाएको छ। तर पनि पूर्वी तटबन्ध क्षेत्रका बासीन्दा भने त्राहीमाम छन्। सप्तकोशी नदीले बर्षाैंदेखि पीडित भएका बासीन्दा त्राहीमाम भएका हुन्।

कोशी व्यारेजमा ९ लाख ५० हजार क्युसेक पानी भारवहन क्षमता भएपनि  व्यारेज  भन्दा माथिल्लो भागमा वालुवा थुप्रिएका गर्दा तीन लाख कटनासाथ बढी खतरा हुने प्राविधिहरुले बताएका छन्।

२०६५ भदौ–२ गते एक लाख ६८ हजार क्यूसेक पानीको वहाव हुदाँ सप्तकोसी नदीले पूर्वी तटबन्ध भत्काएको थियो। त्यतीबेला कोशीले पूर्वी तटबन्ध भत्काउँदा चारवटा गाविसका मानववस्तीमा पसेको  थियो।

 

प्रकाशित: ८ श्रावण २०७३ १३:३१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App