coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
प्रवास

नेपाली म्युजिक भिडियोमा अफ्रिकी कलाकार

काठमाडौं— एक दशकअघि क्यासेटको बिक्री घट्न थाल्यो। त्यसैको घानमा परे रमेश कँडेल। आफूसँग भएको पैसा मात्रै सकेनन्। ३-४ लाख रुपैया ऋण समेत लाग्यो। त्यसपछि ८ वर्षअघि कामका लागि कँडेल अफ्रिकी राष्ट्र युगान्डा पुगे। तर संगीत प्रतिको मोहले छाड्ने कुरै भएन। उनै कँडेलले अफ्रिकामा निर्माण गरेको म्युजिक भिडियो 'यौवन'को युगान्डामा सार्वजनिक भएको छ।

'बिहान सात बजेबाट राति नौ बजेसम्म गरेर गीतको सुटिङ भने एकै दिनमा गरिएको हो' कँडेलले भने । गैर आवासीय संघ युगान्डाका पूर्व अध्यक्ष समेत रहेको कँडेल राजधानी कम्पालाको पाँच तारे होटलमा काम गर्छन्।

म्युजिक भिडियोको निर्देशन युगान्डाको एन ग्राटे पेस्टले निर्देशन गरेका हुन्। 'गीतलाई अग्रेजीमा अनुवाद गरेर निर्देशक र कलाकारलाई बुझाउने काम भयो' कँडेलले भने । गीतका कँडेलसका साथि स्थानीय मोडलहरु देखिएका छन्।

भिडियो युगान्डाकै ग्रेट मेक फिल्म्सले तयार पारेको हो। 'यो निर्माण गर्न ४५ लाख सिलिङ (युगान्डाको मुद्रा)लागेको छ । १ लाख ३० हजार रुपैया जति परेको छ' कँडेलले भने। युगान्डाको सिलिङ निकै सस्तो छ । एक रुपैया बराबर करिब ३४ सिलिङ हुन्छ। करिब तीन साता लगाएर भिडियो तयार पारिएको हो।

'बिहान सात बजेबाट राति नौ बजेसम्म गरेर गीतको सुटिङ भने एकै दिनमा गरिएको हो' कँडेलले भने । गैर आवासीय संघ युगान्डाका पूर्व अध्यक्ष समेत रहेको कँडेल राजधानी कम्पालाको पाँच तारे होटलमा काम गर्छन्।

गुल्मी मुसिकोटका कँडेलले राधिका हमालसँग एक दशकअघि रेकर्ड गगएको लोकदोहोरी 'के शान्ति आउला' अहिले पनि नेपालका एएफएमहरुमा बज्ने गरेका छन् ।

प्रकाशित: ३ श्रावण २०७४ १४:३७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App