टेलिकमले ६ वटा सेवा निःशुल्क बनायो

मङ्गलबार, ०३ साउन २०७४, १७ : ४९ नागरिक

18705


काठमाडौं—नेपाल टेलिकमले आफ्ना ६ वटा सेवालाई निःशुल्क बनाएको छ। व्यस्त हुँदा अर्को नम्बरमा कल डाइभर्ट, कलर आइडी, एउटा नम्बरमा आउने सम्पूर्ण कल अर्कोमा डाइभर्ट गर्ने सेवा निशुल्क भएका हुन्। साउन १ देखि टेलिकमले आफ्ना केही सेवालाई निःशुल्क बनाएको हो।

के के सेवा निःशुल्क भए?

१. ल्याण्डलाइन टेलिफोन (PSTN) सेवाका विभिन्न पूरक सेवाहरु (Supplementary Services)  लिदा लाग्ने शुल्क (Activation Charge) हटाइएको छ। यी सेवामा पहिला शुल्क लाग्ने गर्थ्यो।

२. ल्याण्डलाइन टेलिफोनको कलर आईडी लिन सुरुमा शुल्क लाग्दै आएकोमा अब त्यो निःशुल्क भएको छ ।

नेपाल टेलिकमले आफ्ना ६ वटा सेवालाई निःशुल्क बनाएको छ। व्यस्त हुँदा अर्को नम्बरमा कल डाइभर्ट, कलर आइडी, एउटा नम्बरमा आउने सम्पूर्ण कल अर्कोमा डाइभर्ट गर्ने सेवा निशुल्क भएका हुन्।

३. त्यसैगरी अन्तरार्ष्ट्रिय कलका लागि आइएसडी (ISD)  सेवा आफैँले बन्द गर्न र खोल्न सकिने (Originating Restriction), सेवा निःशुल्क भएको छ।

४. बारम्बार डायल गर्नुपर्ने नम्बरलाई कुनै दुई अंकमा सेभ (Save) गरी सोही दुई अंक थिची नम्बर डायल गर्न सकिने (Abbreviated Dialing) र एउटामा आउने सम्पूर्ण कल अर्को नम्बरमा डाइभर्ट (Divert)  हुने (Call Transfer) सुविधा निःशुल्क भएको छ।

५. टेलिफोन ब्यस्त हुँदा आउने कल अर्को नम्बरमा डाइभर्ट (Divert)  हुने (Busy Transfer), ६ पटकसम्म घण्टी बजेर पनि फोन नउठेमा अर्को नम्बरमा डाइभर्ट (Divert)  हुने (No Answer Transfer), आवश्यक पर्ने समयमा अलार्म (Alarm) को रुपमा टेलिफोनमा घण्टी बजाउन वा समय सूचकको रुपमा प्रयोग गर्न सकिने वेक अप कल (Wake Up Call) र टेलिफोनमा कुरा भइरहेको बेला अर्को कल आएको थाहा पाउन प्रयोग गरिने कल वेटिङ (Call Waiting) सुविधा निःशुल्क भएको छ।

६. टेलिफोन सेटमा आफूले राखेको लकिङ कोड (Locking Code) आफैले टेलिफोन सेटबाट परिवर्तन गर्दा समेत अब शुल्क लाग्ने छैन।

कलर आईडी सुविधा लिन लागि दूरसञ्चार कार्यालयमा सम्पर्क गर्नुपर्ने टेलिकमले जनाएको छ। अन्य सुविधा भने ग्राहक आफैँले लिन सक्नेछन्। यसका लागि कम्पनीले विभिन्न कोडको व्यवस्था गरेको छ। नजिकको दूरसञ्चार कार्यालयबाट थप जानकार लिन सकिने नेपाल टेलिकमले जनाएको छ।







यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

घरमा मोर्डन लाइटिंग

घरमा मोर्डन लाइटिंग

सही लाइटिंगको प्रयोगबाट घरलाई मोडर्न र नयाँ रुप दिन सकिन्छ । लाइटिंग मिलेको घर हेर्दामा साह्रै राम्रा हुन्छन । ...

वाशिंग मेसिन खरिद गाइड

वाशिंग मेसिन खरिद गाइड

वाशिंग मेसिन खरिद गर्दा ख्याल गर्नुपर्ने थुप्रै कुराहरु हुन्छन् | यस गाइड मार्फत तपाईले आफ्नो परिवारको लागि कस्तो फ्रिज खरिद...

घरेलु उपकरण सम्बन्धि सुरक्षा टिप्स

घरेलु उपकरण सम्बन्धि सुरक्षा टिप्स

घरेलु उपकरण सुरक्षित शैलीमा प्रयोग नगर्नाले ठूला ठूला दुर्घटना हुन सक्छ। यी सुझावहरु पालाना गर्नाले यस्तो दुर्घटना न्यून हुन्छ ।

फ्रिजको हेरचाह कसरी गर्ने?

फ्रिजको हेरचाह कसरी गर्ने?

फ्रिजको औसत आयु १३ वर्ष मानिन्छ | तर यी कुराहरु ध्यानमा राखेर फ्रिजलाई कथित औसत आयुभन्दा धेरै समयसम्म प्रयोग गर्न...

आमा बन्दै प्रियंका

आमा बन्दै प्रियंका

अमेरिकी गायक निक जोनाससँग डेट गरिरहेकी बलिउड नायिका प्रियंका चोपडा आमा बन्ने भएकी छन् । उनी वास्तविक जीवनमा नभई निर्माण...

‘मै जस्तो भैरे’

‘मै जस्तो भैरे’

सहायक कलाकारका रुपमा फिल्मी करियर सुरु गरेका नायक दयाहाङ राईले प्रमुख भूमिकामा अभिनय गर्दासम्म विभिन्न चरित्र निर्वाह गरिसकेका छन् ।

राजकुमारी फकाउँदै सलोन र बिनोद

राजकुमारी फकाउँदै सलोन र बिनोद

राजपरिवारको झल्को दिने गरी फिल्म ‘सुश्री सम्पत्ति’को गीत ‘हुकुम’को छायांकन गरिएको छ । पत्रकार सुब्रतराज आचार्यको निर्देशनमा बनिरहेको फिल्मको गीतको...

रुसी थिएटरमा ‘हिचकी’

रुसी थिएटरमा ‘हिचकी’

गत मार्च २३ मा रिलिज बलिउड नायिका रानी मुखर्जीको फिल्म ‘हिच्की’को चर्चा अहिले पनि दर्शकमाझ उस्तै छ । ...