coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

फोरम लोकतान्त्रिकले पनि सरकारलाई दिएको समर्थन फिर्ता लियो

काठमाडौं–सरकारमा सहभागी मधेसी फोरम लोकतान्त्रिकले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। शनिबार बसेको फोरम लोकतनत्त्रिकको संसदीय दलको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै सरकारबाट आफ्ना मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरेको स्वास्थमन्त्री रामजनम चौधरीले जानकारी दिए।  

वर्तमान सरकारमा फोरम लोकतन्त्रिकबाट तीन दुई मन्त्री छन्। ‘संसदीय समितिको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै सरकारबाट मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरेको छ', फोरम लोकतान्त्रिकका मुख्य सचेतक योगेन्द्र चौधरीले भने, 'राजनीनामा बुझाउन प्रधानमन्त्रीकोमा जाँदैछौं।' उनले प्रधानमन्त्री केपी ओली विरुद्धको अविश्वासको प्रस्तावमा मतदान गर्ने बताए। फोरम लोकतान्त्रिकबाट सरकारमा उपप्रधानमन्त्री तथा भौतिक योजनामन्त्री विजय गच्छेदार, स्वास्थयमन्त्री रामजनम चौधरी र स्वास्थय सहायक मन्त्री राजा रज्जाक रहेका छन्। फोरम लोकतान्त्रिकका १४ सांसद रहेका छन्।

माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै संसदमा अविश्वासको प्रस्ताव दर्ता गराएपछि ओली नेतृत्वको सरकारमा सहभागी दलले सरमर्थन फिर्ता लिनेक्रम बढेको छ। यसअघि राप्रपा र राष्ट्रिय समाजवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै सरकारबाट फिर्ता आएका थिए।

प्रकाशित: ८ श्रावण २०७३ १२:४९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App