८ वैशाख २०८१ शनिबार
समाज

बालुवा निकाल्दा त्रिशुलीमा एक युवा बेपत्ता

 नुवाकोट- बालुवा निकाल्ने क्रममा नुवाकोटको बेलकोटगढी नगरपालिका–७ रातमाटे स्थित त्रिशुली नदीमा एक युवा बेपत्ता भएका छन्।

बेपत्ता हुनेमा सिन्धुली जिल्लाको हरिहरपुरगढीका १६ वर्षीय राजु लामा रहेका छन्। साबेलले बालुवा निकालिरहेको बेलामा  लामालाई त्रिशूली नदीले बगाएको प्रहरी निरीक्षक जितेन्द्रकुमार बस्नेतले बताए। लामाको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ।

 

प्रकाशित: ३ श्रावण २०७४ ०९:५७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App