७ वैशाख २०८१ शुक्रबार
राजनीति

सरकारलाई दिएको समर्थन फिर्ता लिँदै राप्रपाले आफ्ना मन्त्री फिर्ता बोलायो

काठमाडौं–सरकारमा सहभागी राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले सरकारलाई दिएको सथर्मन फिर्ता लिएको छ। शनिबार बसेको राप्रपा संसदीय समितिको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै सरकारबाट आफ्ना मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरेको राप्रपा संसदीय दलका उपनेता विक्रम पाण्डेले जानकारी दिए।

वर्तमान सरकारमा राप्रपाबाट दुई मन्त्री छन्। ‘आज बसेको संसदीय समितिको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै सरकारबाट आफ्ना मन्त्रीलाई फिर्ता बोलाउने निर्णय भएको छ,’ पाण्डेले नागरिकन्युजसँग भने,‘अब सरकार विरुद्ध संसदमा पेश भएको अविश्वासको पक्षमा पार्टीले मतदान गर्छ।’ सरकारमा राप्रपाका दुई मन्त्री छन्। श्रम तथा रोजगार मन्त्री दिपक बोहोरा र बाणिज्यमन्त्री जयन्त चन्द सरकारमा सहभागी छन्।

माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै संसदमा अविश्वासको प्रस्ताव दर्ता गराएपछि ओली नेतृत्वको सरकारमा सहभागी दलले सरमर्थन फिर्ता लिनेक्रम बढेको छ। यसअघि प्रेमबहादुर सिंहले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै सरकारबाट फिर्ता आएका थिए।

 

प्रकाशित: ८ श्रावण २०७३ १२:१७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App