६ वैशाख २०८१ बिहीबार
मुख्य समाचार

अमरेश सिंहले प्रधानमन्त्रीलाई ‘मानसिक अवस्था ठिक छैन’ भनेपछि...

फाइल तस्बिर ।

काठमाडौं–संसदमा पेश भएको अविश्वासको प्रस्तावमाथिको छलफलमा भाग लिने क्रममा सांसदहरु आरोप प्रत्यारोपमा उत्रिएका छन्। अविश्वास प्रस्तावमाथिको छलफलमा कांग्रेस सांसद अमरेशकुमार सिंहले प्रधामन्त्री केपी ओलीलाई मानसिक रोगी भनेपछि बैठकमा केहीबरे होहल्ला भयो।

प्रधानमन्त्रीको आलोचना गर्ने क्रममा उनले प्रधानमन्त्रीलाई मानसिक रोगी भनेका थिए। सिंहको उक्त अभिव्यक्तिपछि एमाले सांसद कृष्णभक्त पोखरेलले नियमापत्ति जनाउँदै उनको भनाइ संसदको रेकर्डबाट हटाउन माग गरेका थिए। पोखरेलले सो भनाइ संसदको रेकर्डबाट हटाउन सभामुखको ध्यानाकर्षण गराएपछि उमाले सांसद आफ्नो स्थानबाट उठेर विरोध जनाएका थिए। एमाले सांसदले आपत्ति जनाएपछि सिंहले  यो कुरा डाक्टरहरुले नै प्रमाणित गरेको दाबी गरेका थिए।

एमाले सांसदहरुले कुन डाक्टरले प्रमाणित गरेको हो देखाउन चुनौति दिएका थिए। एमाले सांसद पोखरेलल व्यवस्थापिक संसद कार्यसंचालन नियमावलीको नियम ३९ अनुसार अमर्यादित शब्द बोल्न नपाउने भन्दै सिंहको भनाइ संसदको रेकर्डबाट हटाउन  माग गरेका थिए। एमाले सांसदहरुले सिंहले माफी माग्नुपर्ने बताएका थिए। उनीहरुले माफी माग्नुपर्ने भन्दै विरोध जनाएपछि सभामुखले सिंहको भनाइ रेकर्डबाट निर्देशन दिएकी थिइन। सभामुख घर्तीले मर्यादित भएर आफ्नो भनाइ राख्न रुलिङ गरेकी छन्।

 

प्रकाशित: ६ श्रावण २०७३ ०९:४५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App