coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
प्रवास

अमेरिकामा वीपी स्मृति दिवश

टेक्सास (अमेरिका)- नेपाली जनसम्पर्क समिति डालस फोर्डवोर्थ चाप्टर र वेस्ट टेक्सास च्याप्टर तथा ब्लड डोनर्स अमेरिकाको सहभागितामा हिजो जुलाई १६ मा वीपी कोइरालाको स्मृति दिवसका अवसरमा रक्तदान सम्पन्न भएको छ। टेक्सासस्थित नेपाली मन्दिरमा आयोजना गरिएको सो रक्तदानमा ७० जनाले रक्तदान गरेको जनसम्पर्क समिति अमेरिकाका केन्द्रिय सदस्य हरिबोल भण्डारीले बताए।

रक्तदानमा उच्च सहभागीता जनाउनु हुने सबैलाई धन्यवाद दिदै जनसम्पर्क समिति डालस फोर्डवोर्थ चाप्टरका अध्यक्ष ज्ञानेन्द्र कार्कीले बीपीको संझनामा बर्षेनी केहि न केहि कामहरु गरिरहने प्रतिवद्धता व्यक्त गरे। रक्तदानमा डालासभरीका विभिन्न क्षेत्रबाट सहभागीता रहेको थियो।

नेपाली समुदायलाई लक्षित गर्दै निरन्तर हुँदै आएको यस्ता कामबाट नेपाली समाजलाई आवश्यकता पर्दा प्रयोग गर्न सकिने भएकाले यस्ता कार्यक्रमहरु गरिने आयोजकले बताए। 

प्रकाशित: २ श्रावण २०७४ १५:५४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App