७ वैशाख २०८१ शुक्रबार
समाज

निःशुल्क उपचार पाए पनि खर्च पुर्‍याउन गाह्रो

अस्पतालको बेडमा आफन्तसँगै विरु नेपाली ।

  जनक केसी

जाजरकोट–भेरी मालिका  नगरपालिका– ३ सिमलगैरीका  विरु नेपालीको जेठ २८ गते काठमाडौंको सुष्मा कोइराला मेमोरियल अस्पतालमा  घुँडाको अप्रेशन हुँदै थियो। घुडामा भएको ठूलो घाउको पीडा एकातिर थियो भने त्यो भन्दा ठूलो पीडा उनको जीवनमा अर्कै थियो।  उनको घुँडाको उपचारकालागि अप्रेशन हुने दिन  उनकी आमा लल्ती नेपालीको चित्ता खलंगाको कालेगाउँ स्थित भेरी नदीको किनारमा जल्दै थियो।

 एकातिर आमाको मृत्युको खबर, अर्काेतिर घुँडामा असह्य पीडा। तर अहिले  उनी झन ठूलो संकटमा परेका छन्। उपचारका लागि अस्पतालले सहयोग गरे पनि अन्य खर्च जुटाउन पनि गाह्रो भएको उनी बताउँछन्।  वुवा र आमा दुवै नभएका अति विपन्न परिवारका नेपाली घुँडामा भएको घाउको उपचारका क्रममा  गत डेढ महिनादेखि काठमाडौंको  शुष्मा कोइराला मेमोरियल अस्पतालले निःशुल्क उपचार दिँदै अाएकाे छ।

मजदुरी गर्ने क्रममा  घुँडामा चोट लागेर ठूलो घाउ भएपछि अशक्त बनेका विरु जिल्ला अस्प्ताल जाजरकोटको सिफारिस अनुसार  काठमाडौंको  सुष्मा कोइराला  मेमोरियल अस्पतालमा गत जेठ २५ गते पुर्‍याइएका थिए। पारिवारिक अवस्था निकै दयनीय भएका विरुलाई  आफन्तले  चन्दा उठाएर जम्मा भएको  ३० हजार रुपैयाँले काठमाडौं पुरयाइएको उनका भाइ पर्ने  उदाम नेपालीले बताए।     

 उनलाई  अस्पतालमा  अप्रेसन र वेड निशुल्क गरिएको भएपनि  हेरचाहमा बसेको साथी र उनको  होटेलमा  खाएको खाना खर्च र औषधिको विल तिर्न नसक्दा थप सहयोगको जरुरत परेको छ।

अस्पतालका मेडिकल डाइरेक्टर डा. जसवन शाक्यले आफूहरुले निःशुल्क उपचार गरेको बताए। उनले भने, 'उनको निको भएर घर जाने समय भैसकेको छैन र अस्पतालले उपचारबापत कुनै शुल्क पनि लिएको छैन।' शाक्यले फार्मेसीमा पनि पैसा तिर्न भएको बताए।  क्यान्टिनमा रकम तिर्नुपर्ने भए अस्पताललाई जानकारी नहुने उनले बताए।

सहयोगका लागि धेरै ठाउँमा गुहारेको तर कसैले वास्ता नगरेको  उनले गुनासो गरे। ‘म ठूलो नेताको छोरो भएको भए सरकारले पनि सहयोग गथ्र्याे होला तर मलाइ कसले हेर्छ?। धन्न अस्पताले उपचार खर्च जुटाइदियो।’

प्रकाशित: ८ श्रावण २०७३ ०९:१६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App