coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
प्रवास

डा.योगी ड्यालसको समर क्याम्प सञ्चालन गर्दै

टेक्सास (अमेरिका)—  टेक्सासस्थित ड्यालसको पशुपतिनाथ तथा बुद्ध मन्दिरमा परिसर पुग्दा लाग्छ कि हामी नेपालको पशुपति मन्दिरको आसपासमा छौं। हुन पनि यहाँ सधैँ गज्जवले शिव धुनी गुन्जिएको हुन्छ। हरेक आईतवार दिउँसो प्राय एकोहोरो बज्ने आरती,  पूजापाठ र निधारमा टिका सजाएर आउजाउ गरिरहेका नेपाली प्रसस्तै देखिन्छन्।

सधैँ झै आजको आईतबार अलिक फरक आउजाउ बढेको छ यहाँ। अभिभावकहरु आफ्ना श्रीमतीको पूजापाठका सामान बोकेर सघाउनेहरु सबैको हातमा कम्तिमा एक दुई बालबालिका आएका छन्। ती बालबालिकाहरु पूजा, पाठ र धर्मकर्मभन्दा पनि कसैले पहिले सानैमा देखेका, कसैले नाम मात्र सुनेका महापुरुष डा.चिन्तामणि योगीको चर्चामा व्यस्त छन्।

दुई साताको लागि शुल्क एकसय डलर तोकिएको र यही शुल्कबाट बालबालिकालाई खाना र स्टेशनरी समेत प्रदान गरिने अध्यक्ष लामिछानेले बताए। वयष्कहरुका लागि समेत सोही अवसरमा हरेक दिन साँझ ६ देखि ८ बजेसम्म सत्संग कक्षा राखिएको छ।

प्रायःजसो आफ्नो अभिभावकसँग पार्क र डाउनटाउनतिरका मलहरुमा मात्रै घुम्न रुचाउने अमेरिकामा पुगेका वा जन्मेका दोश्रो पुस्ताका नेपालीहरु युवा जमात आज उनै बालबालिकाका लागि पूर्वीय दर्शन, ज्ञान, नैतिक शिक्षा, योग लगायतका विषयमा जुलाई १६ देखि २९ सम्म हुने समर क्याम्पको चर्चा गर्दैछन्। कहिल्यै नदेखिने ती नौला बालबालिकाहरु हाँडीमा मकै पड्किएझै अँग्रेजीमा योगी चिन्तामणीको चर्चा गर्दागर्दै उनै योगी मन्दिर परिसर पुगेपछि प्राय ५ बर्षदेखि माथिका सबैजसो बालबालिकाहरु योगीको शरणमा पर्नथाले।

बा आमाका अगाडि झुक्न आनकनाउने उनीहरु गुरु चिन्तामणिका अगाडि भने नतमस्तक भएर झुके। डा.योगी निकै भावुक देखिए। 'पाँचबर्ष म नआउँदा पनि मेराप्रति यी बालबालिकाले सुनेको र सानैमा पाएको ज्ञानगुनले अझै ताजा स्मरण गरायो  त्यसैले म टेक्सासका यी बालबालिकासंग विशेष साईनो छ', उनले भने, 'मैले दिने प्रवचन र नैतिक शिक्षाले अमेरिकामा जन्मेर हुर्किरहेका दोस्रो पुस्ताका नेपाली बालबालिकाहरुलाई नेपालसँग जोड्नेछ र नेपालप्रतिको माया ममता बढाउने छ।'

उनका अनुसार सो समर क्याम्पमा नेपालको सामाजिक, आर्थिक, साँस्कृतिक, पर्यवरणीय, आर्थिक स्रोत र भौगोलिक विविधताका साथै धार्मिक परम्पराका विषयमा अडियो, भिडियो र समुह छलफलबाट सिकाइन्छ। विशेषत पाँच वर्षपछि आए पनि डा.योगी चिन्तामणीले आफूले दिएको शिक्षाको प्रभाव सकारात्मक रुपमा परेकोमा आफूलाई यो बसाइले थप सिकाई दिनमा हौसला बढेको बताए।

अमेरिकामा रहेका थोरै सक्रिय नेपाली संघसंस्थाहरुमध्ये अग्रणी सँस्था नेपाली समाज टेक्सासको संयोजनमा भोलीदेखि जुलाई १६ देखी शुरु हुने १५ दिने समर क्याम्पमा एक सय पचास बालबालिकाले सहभागीता जनाउन नाम लेखाएको समाजका अध्यक्ष कृष्ण लामिछानेले बताए।

नेपाली समाज टेक्सासको कार्यक्रमले प्रवासमा आफ्ना रीति, रिवाज र परम्परालाई आत्मसाथ गर्न हरहमेसा सहयोगी बन्दै आएको समाजसेवी एवं नेपाली जनसम्पर्क समिति अमेरिकाका केन्द्रिय सदस्य हरिबोल भण्डारी बताउँछन्।

नियमित काम र निकै व्यस्त प्रवासको समाजमा नेपाली समाज टेक्सासले स्थापना गरेको पसुपतिनाथ मन्दिर साँच्चिकै नेपाली डायस्पोरामा उदाहरणीय बन्दै गएको छ। नेपाली समाज टेक्ससको आयोजनामा बालबालिकाका लागि योग र आध्यात्मिक शिक्षा सहितको ‘समर क्याम्प’ सञ्चालन हुनेछ। डा.योगीले विगतमा पनि ड्यालसमा यस्तो शिविर सञ्चालन गरिसकेका छन्। ‘पाँच वर्षपछि उहाँ यहाँ आउँदैहुनुहुन्छ, यो अवसरमा हामीले हाम्रा बालबालिकालाई सहभागी गराएर हिन्दू धर्म, दर्शनका बारेमा शिक्षा दिने यो सुवर्ण अवसर हो,’ त्यसैले यसबाट बालबालिकाले लिने शिक्षा निकै नै महत्वपुर्ण रहेको नेपाली सांस्कृतिक तथा आध्यात्मिक केन्द्रका पूर्ब अध्यक्ष डा. मुरली अधिकारीले बताए।

सन् २००९ देखि सन् २०१२ सम्म उनै डा.योगीले यस्तै शिविर सन्चालन गरेका थिए। आफूले यस समर क्याम्पमा बच्चमा राखेपछि उनीहरुमा व्यवहारिक ज्ञान निकै फरक र अनुसासनयूक्त पाएको विकासराज न्यौपानेले बताउँछन्। टेक्सासमा सक्रिय सन्चारकर्मी न्यौपानेले भने, 'घरमा त्यही कुरा सिकाउन खोज्दा नमान्ने बालबालिकाहरु समर क्याम्पपछि सोचे भन्दा फरक रुपमा सँस्कारिक कुराहरु सिकेको अनुभव छ।'

यो समर क्याम्पमा बालबालिका र युवाहरुको सहभागीतामा होडबाजी नै चलेको छ। यस अघिको समर क्याम्पमा विधार्थी रहेकी र यस समर क्याम्पको व्यवस्थापनमा खटिएकी कृतिमा लामीछानेले बताइन्। 'म सानो छँदा पाएको आध्यात्मिक ज्ञान र सँस्कारका कुरा अब भाईबहिनीलाई सिकाउन र आफू थप सिक्न प्रयासरत छु म आफु पनि निकै उत्साहित छु', उनले भनिन्।

बिहान ९ बजेदेखि दिउँसो ४ बजेसम्म सञ्चालन हुने समर कक्षामा ५ देखि १६ वर्ष उमेर समूहका बालबालिकाहरु भर्ना भएका छन्। दुई साताको लागि शुल्क एकसय डलर तोकिएको र यही शुल्कबाट बालबालिकालाई खाना र स्टेशनरी समेत प्रदान गरिने अध्यक्ष लामिछानेले बताए। वयष्कहरुका लागि समेत सोही अवसरमा हरेक दिन साँझ ६ देखि ८ बजेसम्म सत्संग कक्षा राखिएको छ।

यो समर क्याम्पमा बिहान भजन कृतन प्रार्थना धर्मका बारेमा सिकाउने, नेपालको प्राकृतिक सम्पदा र अवस्थाका बारेमा जानकारीमुलक अडियो भिडियो ज्ञान दिने, देशमा भएका सबै जातजाती पहचिान र परम्पराका बारेमा शिक्षा दिइनेछ। सो समर क्याम्पमा उमेर समुहलाई विभाजन गरी नौ वटा कक्षा सिकाईलाई सरल बनाउन व्यवस्थापन गरिने छ। सोही क्रममा सिकाईमा आधारित खेलहरु, वक्तृत्वकला, विभिन्न प्रतियोगितात्मक कार्यक्रमहरु सन्चालन गरिने छन्।

प्रकाशित: २ श्रावण २०७४ ०५:२४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App