७ वैशाख २०८१ शुक्रबार
खेल

जर्जीनो लिभरपुलमा अनुबन्धित

लिभरपुल– नेदरल्याण्डका मिडफिल्डर जर्जीनो विजालडम इङलिस प्रिमियर टोली लिभरपुलमा अनुबन्धन भएका छन् । २५ वर्षीय जर्जीनोलाई लिभरपुलले अर्को प्रिमियर टोली न्युकासल युनाइटेडबाट २५ मिलियन युरोमा अनुबन्धन गरेको हो ।सम्झौता अनुसार हाललाइै उनलाई क्लबले २३ मिलियन युरो दिने छ भने उनको प्रर्दशन हेरेर २ मिलियन युरो थप गर्ने बताइएको छ ।

लिभरपुलले  प्रि–सिजनका लागी गर्ने अमेरिका भ्रमणका गर्दै छ र उसले यसक्रममा चेल्सी , एसी मिलान तथा रोमा विरुद्ध खेल्दै छ । जर्जीनोले प्रि–सिजनमा नै लिभरपुलबाट खेल्ने जनाइएको छ । गत दुई सिजन न्युकासलबाट खेलेको जर्जीनोले ३८ खेलमा ११ गोल गरेका थिए ।

 

प्रकाशित: ८ श्रावण २०७३ ०७:४३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App