८ वैशाख २०८१ शनिबार
राजनीति

संसदमा मावध नेपालले दिए भावुक मन्तव्य

काठमाडौं–नेकपा एमाले नेता तथा पूर्वप्रधामन्त्री माधव नेपालले सँधै प्रधानमन्त्रीको म्युजिकल चियरमा रुमल्लिएर देश नबन्ने बताएका छन्।
संसदमा सरकारको अविस्वासको प्रस्तावको छलफलमा भाग लिँदै नेता नेपालले नेपाली नेता तथा दलमा समग्र राष्ट्रलाई कसरी अगाडि लाने भन्दा पनि आफ्नो दलगत तथा व्यक्तिगत स्वार्थबाट अगाडि बढ्न नसकेको बताए। उनले भने, ‘संविधानसभाका उपलब्धिलाई समाप्त पार्दै देशमा एक जटिल अवस्थामा लाने खेल भैरहेको छ। २०७४ माघ ७ सम्ममा संविधानलाई कार्यान्वयन नगर्ने षड्यन्त्र भैरहेको छ। देशलाई आर्थिक गती दिन र संविधान  कार्यान्वयनकालागि सबैमा आपसी सहमतिको खाँचो रहेको छ।’

उनले माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय हतास र दुर्भाग्यपूर्ण भएको बताए। उनले अरुलाई आरोप प्रत्यारोप लगानु भन्दा पनि सबैले आफ्नो  कमी कमजोरीको आत्म समिक्षा गर्न जरुरी रहेको बताए। उनले भने, ‘अहिलेको सरकारले केही गरेन भन्नु भन्दा पनि सरकारमा रहेर पनि हामीले केही गर्न सकेनौं भनेर आत्म समिक्षा गर्नुपर्छ। बजेट ,सरकारको नीति तथा कार्यक्रम देशको हितमा भएपनि दलगत स्वार्थका कारण असफल बनाइएको छ।’

उनले अविस्वासको प्रस्ताव आश्रित विधेयक पछिपनि ल्याउन सक्ने भन्दै माओवादीले गल्ती गरेको आरोप लगाए। उनले राजनीतिक अस्थिरता भएपनि विकासका योजना तथा परराष्ट्र नीतिमा सबै दलको एक धारणा हुनुपर्ने बताए।
नेता नेपालले राम्रो कामको सकारात्मक समिक्षा गर्नु पर्ने र गलत कुरालाई आलोचना गर्न सक्नु पर्ने बताए।
 

 

प्रकाशित: ८ श्रावण २०७३ ०६:५४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App