८ वैशाख २०८१ शनिबार
समाज

खानीडाँडा र लामीडाँडामा उडान बन्द

खोटाङ–वर्षाका कारण खोटाङको खानीडाँडा र लामीडाँडा बिमानस्थलमा उडान रोकिएको छ । निरन्तरको वर्षा तथा हुुस्सुका कारण दुबै बिमानस्थलमा हप्तादिनयता कुनैपनि बिमानले उडान भर्न सकेको छैन।

उडान नहुँदा यात्रु मारमा परेको नेपाल एयरलाइन्सका खानीडाँडा स्टेशन इन्चार्ज यादवसेन राईले बताए। वर्षाका कारण उडान नहुँदा टिकट काटेर बिमानस्थल पुगेका कतिपय यात्रु बिमानस्थलमै अलपत्र बनेका छन्।

दिक्तेलबाट सबैभन्दा नजिक पर्ने खानीडाँडामा नेपाल एयरलाइन्सको विमानले शुक्रबार, शनिबार, आईतबार र बुधबार काठमाण्डौं–खानीडाँडा–काठमाण्डौं र मङ्गलबार र शुक्रबार बिराटनगर–खानीडाँडा–बिराटनगरका लागि उडान भर्दै आएको थियो। हिउदभरी नेपाल एयरलाइन्सको विमानले मात्रै उडान भर्दै आएको खानीडाँडामा वर्षा लागेसँगै अन्य दुई एयरलाइन्सले समेत नियमित उडान गर्ने तयारी गरेको थियो।

प्रकाशित: ८ श्रावण २०७३ ०६:२१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App