coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

बेनीबजारमा गोप्यरुपमा सञ्चालित आधुनिक जुवाघरबाट ८ जना पक्राउ

बेनी- म्याग्दीको सदरमुकाम बेनी नगरपालिका–७ बेनीबजारको बैङ्करोड नजिकबाट शुक्रबार जुवा खेलिरहेको अवस्थामा प्रहरीले एक महिला सहित ८ जनालाई पक्राउ गरेको छ। तीनतले घरको च्यानलगेट बन्द गरी तेस्रो तलामा बाहिरबाट ताल्चा लगाएर जुवा खेलिरहेको अवस्थामा जुवाघरकी सञ्चालिका मालिका गाउँपालिका घर बताउने पार्वती पुन र ७ जना पुरुषलाई नियन्त्रणमा लिइएको प्रहरी नायव उपरीक्षक बशुन्धरा खड्काले बताईन्।

‘पेसेबर महिला सहित जुवाडेलाई पक्राउ गर्न सफल भयौं । अझैपनि बजारका थप जुवाघरमा निगरानी बढाएका छौ’ खड्काले भनिन्। तीन प्याकेट तास सहित विभिन्न रङका गोटीको प्रयोग गरेर जुवा खेलिरहेको स्थानमा पुग्न घर बाहिरको ताल्चा फोरेर भित्र प्रवेश गरेको बताईन्।

प्रहरी निरिक्षक दिवाकर घिमिरेको कमाण्डमा खटिएको टोलीले गुरिल्ला शैलीमा प्रवेश गरेर जुवाडेलाई नियन्त्रणमा लिएको थियो । प्रहरी प्रवेश गरेको जानकारी पाएपछि जुवाडे घरको पछिल्लो भागबाट भाग्ने प्रयास समेत गरेका थिए। पक्राउ पर्नेमा जिल्ला भित्रका र विभिन्न जिल्लाबाट आएका ब्यक्ति रहेको बताइएको छ। प्रहरीका अनुसार पक्राउ पर्नेहरुको परिचय सहित आवश्यक विवरण सङ्कलन भइरहेको बताउँदै थप अनुसन्धान भइर्हेको जनाएको छ। प्रहरीले सूचनाका आधारमा निगरानी बढाएको थियो।

तास र पैसा हुने ठाउँमा गोटी मात्रै भेटिएपछि नयाँ शैलीको जुवाघर फेला परेको भन्दै थप अनुसन्धानबाट अन्य जुवाघरसम्म पुग्न सकिने प्रहरीको अनुमान छ । जु्वाखालबाट प्रहरीले एक रुपैयाँ पनि बरामद नगर्नुलाई निकै चासोपूर्वक हेरेको जनाएको छ । जुवाडेले कसरी पैसा ब्यवस्थापन तथा एकले अर्कोलाई दिन्छन भन्ने समेत पत्ता लगाइरहेको प्रहरीको भनाई छ । प्रहरीको भनाईमा यसलाई आधुनिक जुवाघरका रुपमा लिइएको छ।

जुवा खेलिरहेकाहरुलाई सञ्चालिकाले घरभित्रै आवश्यक खानको ब्यवस्था गर्ने गरेपनि हारेकाले जितेकालाई कसरी गोटीका आधारमा पैसा दिन्छन भन्ने अनुसन्धानमा प्रहरी जु्टेको छ। जुवाघरकी सञ्चालिकाले विभिन्न नामबाट यसअगाडी समेत बेनीबजार आसपासका क्षेत्रमा जुवा खेलाउने गरेको बुझिएको छ। जुवाडेलाई अनुसन्धान गरि जुवा ऐन अन्तर्गत कारबाही गरिने प्रहरीले जनाएको छ।

 

प्रकाशित: ३० असार २०७४ १४:३२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App