६ वैशाख २०८१ बिहीबार
समाज

सप्तकोसी नदीमा पानीको बहाव उच्च, ३१ ढोका खोलिए

फाइल तस्बिर ।

इटहरी–सप्तकोसी नदीमा पाँच दिनयता निरन्तर पानीको बहाव बढ्दो छ । शनिबार बिहाने कोशी ब्यारेजमा गरिएको मापन अनुसार पानीको बहाव २ लाख २२ हजार ४ क्यूसेक पुगेको छ।

सप्तकोसीमा मंगलबारदेखि पानीको बहाव बढ्दो छ । पहाडी जिल्लामा निरन्तर बर्षा भइरहेकाले गर्दा पानीको वहाब बढेको हो । पानीको वहाब बढेसँगै अहिले कोशी ब्यारेजका ५६ ढोकामध्ये अहिले ३१ वटा ढोका खुल्ला राखिएको छ। कोशी ब्यारेजमा अहिले खतराको संकेत रातो बत्ती दुईवटा बालिएको छ ।

कोशी ब्यारेजमा पानीको बहाव एक लाख ५० हजार काट्ने वित्तिकै खतराको संकेत रात्तो बती बाल्ने गरिन्छ । एक लाख ५० हजार मात्र पानीको बहाव कटेमा पश्चिम तर्फ  र दुई लाख काटनेवितिकै पूर्व तर्फ खतराको रातो बत्ती बालिने गरिन्छ। पानीको बहाव तीन लाख काटनासाथ मध्यभागमा पनि रातो बत्ती बाल्ने गरिएको छ।

कोशी व्यारेजमा नौ लाख ५० हजार क्युसेक पानी भारवहन क्षमता भएपनि  व्यारेज  भन्दा माथिल्लो भागमा वालुवा थुप्रिएका गर्दा तीन लाख कटनासाथ बढी खतरा हुन्छ । २०६५ भदौ–२ गते एक लाख ६८ हजार क्यूसेक पानीको वहाव हुदाँ सप्तकोसी नदीले पुर्वी तटबन्ध भत्काएर चारवटा गाबिसका मानववस्तीमा पसेको  थियो ।

 

प्रकाशित: ८ श्रावण २०७३ ०६:१७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App