coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

ट्रकमा मोटर साइकल ठोक्किँदा एक जनाको मृत्यु

सन्तोष सिंह

सर्लाही–सर्लाहीमा रोकी राखिएको ट्रकमा मोटर साइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ। शुक्रबार राति नवलपुर लालबन्दीबीचको बागवानी जंगलमा पश्चिमाबाट पूर्वतर्फ जाँदै गरेको ना ३ ख ६२२२ ट्रक  रोकेर मर्मत गरिरहेका बेला पश्चिमबाट पूर्व नै जादै गरेको ना३६प २४६५ मोटर साइकल ठोक्किर दुर्घटना भएको हो।

मोटर साइकल चालक सुनसरी, दुहवी–५ का २४ वर्षीय अजय विकको घटना स्थलमा  मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुर सर्लाहीले जनाएको छ। दुर्घटनामा मोटर साइकल पछाडि बसेका भारत सुपौल घर भइ सर्लाहीको लालबन्दीमा सुनचाँदी व्यवसायी गर्दै आएका ३२ वर्षीय प्रमोद साह घाइते भएका छन् । उनको उपचार हेटौंडामा भइरहेको प्रहरीले जनाएको छ । यता ट्रक र चालक इलाका प्रहरी कार्यालय लालबन्दीले नियन्त्रणमा लिएको छ ।

 

प्रकाशित: ८ श्रावण २०७३ ०५:१६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App