तालमेलले गुमाए महिलाले २१ उपप्रमुख

बिहिबार, २९ असार २०७४, ०८ : ४८ नागरिक

286


काठमाडौं- राजनीतिक दलहरूबीच चुनावी तालमेल हुँदा केही नगर र गाउँपालिकाको उपप्रमुख पदमा महिलाको स्थान गुमेको छ। दलहरूले जसरी पनि चुनाव जित्ने दाउमा आफू अनुकूल तालमेल गरेका कारण केही स्थानीय तहमा महिलाले उपप्रमुख पद गुमाउनुपरेको हो।

दलहरूले जसरी पनि चुनाव जित्ने दाउमा आफू अनुकूल तालमेल गरेका कारण केही स्थानमा महिलाले प्रमुख/उपप्रमुख गुमाउनुपरेको हो।

संविधानले स्थानीय तहमा प्रमुख वा उपप्रमुखमध्ये एक महिला उठाउनुपर्ने सुनिश्चित गरेको छ। तर, दलहरूबीचको गठनबन्धनले दुवै पदमा पुरुष उम्मेदबार बनाउँदा महिलाको पद गुमेको हो।

विभिन्न जिल्लामा फरकफरक राजनीतिक पार्टीको गठबन्धका कारण २१ स्थानमा महिला प्रमुख/उपप्रमुख हुनबाट वञ्चित हुनुपर्‍यो। गठबन्धनपछि दलहरूलाई महिला उम्मेदवार उठाउनुपर्ने बाध्यता नभएका कारण प्रमुख–उपप्रमुखमा पुरुष चुनाव लडे।

चुनावले स्थानीय तहमा महिला प्रतिनिधित्व बढाएको छ। गाउँपालिका, नगरपालिका, उपमहानगर, महानगरको उपप्रमुखमा अधिकांश महिलाले जितेका छन्।

फरक राजनीतिक सिद्धान्त बोकेका दलहरू पनि चुनावी तालमेलमा देखिए। राप्रपा–एमाले, कांग्रेस–माओवादी केन्द्र, राजमो–माओवादी केन्द्र, कांग्रेस–फोरम लोकतान्त्रिक–माओवादी केन्द्रबीच तालमेल भएको थियो।

मकवानपुरको थाहा नगरपालिकामा माओवादी र कांग्रेसबीच तालमेल हुँदा उपप्रमुखमा कांग्रेसका खड्गबहादुर गोपाली विजयी भए। बागलुङ नगरपालिकामा एमाले, राष्ट्रिय जनमोर्चा र राप्रपाबीच तालमेल हुँदा उपप्रमुखमा राप्रपाका सुरेन्द्र खड्का विजयी भए। बागलुङकै जैमिनी नगरपालिकामा एमाले र राजमोबीच तालमेल हुँदा एमालेका लीला राना उपप्रमुखमा विजयी भए। यस्तै काँठेखोला गाउँपालिकामा एमाले, राजमो र माओवादी केन्द्रबीच तालमेल हुँदा राजमोका अर्जुनबहादुर खत्री विजयी भए।

दोलखामा कांग्रेस र माओवादीबीच तालमेल हुँदा बैत्यश्वर गाउँपालिकामा माओवादीका रवीन्द्रचन्द्र आचार्य र बिगु गाउँपालिकामा माओवादीकै सञ्जीव ओली उपप्रमुखमा विजयी भए।

धादिङको नीलकण्ठ नगरपालिकामा कांग्रेस र माओवादी केन्द्रको तालमेल थियो। त्यहाँको उपप्रमुखमा मनराज भण्डारी विजयी भए। यस्तै बेनीघाट रोराङ गाउँपालिकामा कांग्रेसका देवीप्रसाद सिलवाल विजयी भए।

लमजुङको मध्यनेपाल नगरपालिकामा माओवादी र एमालेले तालमेल गर्दा एमालेका राजकुमार श्रेष्ठले उपप्रमुख जिते। लमजुङकै दूधपोखरीमा कांग्रेसका कमलप्रसाद धिताल, दोर्दी गाउँपालिकामा एमालेका दिलबहादुर गुरुङ, मर्स्याङ्दी गाउँपालिकामा माओवादीका होमबहादुर विकले चुनाव जितेका छन्।

हुम्लाको सर्केगाडमा एमालेका जोशी धामी, कालीकोटको महावै गाउँपालिकामा एमालेका मनराज शाही, पाल्पाको निस्दीमा माओवादीका बलबहादुर नेपाली, गुल्मीको धुर्कोटमा कांग्रेसका शिवबहादुर खत्री, ताप्लेजुङको फुङलिङमा माओवादीका बमबहादुर भट्टराई, सिदिङवा गाउँपालिकामा माओवादीका जीवनकुमार ताम्लिङ उपप्रमुखमा विजयी भएका छन्।

कपिलवस्तुको वाणगंगामा एमालेका चक्र अर्याल, अछाम बान्नीगाडी गाउँपालिकामा माओवादीका लोकबहादुर साउद, पाँचथरको तुम्बेबा गाउँपालिकामा एमालेका धन साँवा उपप्रमुखमा विजयी भएका छन्।

महिला उपप्रमुख नभएका स्थानीय तह

मकवानपुर :  थाहा नगरपालिका,

बागलुङ :  बागलुङ नगरपालिका, जैमिनी नगरपालिका र काँठेखोला गाउँपालिका

दोलखा :  वैत्यश्वर गाउँपालिका र बिगु गाउँपालिका

धादिङ :  नीलकण्ठ नगरपालिका र बेनीघाट रोराङ गाउँपालिका

लमजुङ :  मध्यनेपाल नगरपालिका, दूधपोखरी, दोर्दी र मर्स्याङ्दी गाउँपालिका

हुम्ला :  सर्केगाड गाउँपालिका

कालीकोट :  महावै गाउँपालिका

पाल्पा :  निस्दी गाउँपालिका

गुल्मी :  धुर्कोट गाउँपालिका

ताप्लेजुङ :  फुङलिङ र सिदिङवा गाउँपालिका

कपिलवस्तु :  वाणगंगा

अछाम :  बान्नीगाडी

पाँचथर :  तुम्बेबा गाउँपालिका







यसमा तपाईको मत

अन्य समाचार

घरमा मोर्डन लाइटिंग

घरमा मोर्डन लाइटिंग

सही लाइटिंगको प्रयोगबाट घरलाई मोडर्न र नयाँ रुप दिन सकिन्छ । लाइटिंग मिलेको घर हेर्दामा साह्रै राम्रा हुन्छन । ...

वाशिंग मेसिन खरिद गाइड

वाशिंग मेसिन खरिद गाइड

वाशिंग मेसिन खरिद गर्दा ख्याल गर्नुपर्ने थुप्रै कुराहरु हुन्छन् | यस गाइड मार्फत तपाईले आफ्नो परिवारको लागि कस्तो फ्रिज खरिद...

घरेलु उपकरण सम्बन्धि सुरक्षा टिप्स

घरेलु उपकरण सम्बन्धि सुरक्षा टिप्स

घरेलु उपकरण सुरक्षित शैलीमा प्रयोग नगर्नाले ठूला ठूला दुर्घटना हुन सक्छ। यी सुझावहरु पालाना गर्नाले यस्तो दुर्घटना न्यून हुन्छ ।

फ्रिजको हेरचाह कसरी गर्ने?

फ्रिजको हेरचाह कसरी गर्ने?

फ्रिजको औसत आयु १३ वर्ष मानिन्छ | तर यी कुराहरु ध्यानमा राखेर फ्रिजलाई कथित औसत आयुभन्दा धेरै समयसम्म प्रयोग गर्न...

आमा बन्दै प्रियंका

आमा बन्दै प्रियंका

अमेरिकी गायक निक जोनाससँग डेट गरिरहेकी बलिउड नायिका प्रियंका चोपडा आमा बन्ने भएकी छन् । उनी वास्तविक जीवनमा नभई निर्माण...

‘मै जस्तो भैरे’

‘मै जस्तो भैरे’

सहायक कलाकारका रुपमा फिल्मी करियर सुरु गरेका नायक दयाहाङ राईले प्रमुख भूमिकामा अभिनय गर्दासम्म विभिन्न चरित्र निर्वाह गरिसकेका छन् ।

राजकुमारी फकाउँदै सलोन र बिनोद

राजकुमारी फकाउँदै सलोन र बिनोद

राजपरिवारको झल्को दिने गरी फिल्म ‘सुश्री सम्पत्ति’को गीत ‘हुकुम’को छायांकन गरिएको छ । पत्रकार सुब्रतराज आचार्यको निर्देशनमा बनिरहेको फिल्मको गीतको...

रुसी थिएटरमा ‘हिचकी’

रुसी थिएटरमा ‘हिचकी’

गत मार्च २३ मा रिलिज बलिउड नायिका रानी मुखर्जीको फिल्म ‘हिच्की’को चर्चा अहिले पनि दर्शकमाझ उस्तै छ । ...