coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

इकमर्स साइट स्मार्ट डोकोद्वारा सेवा आरम्भ

काठमाडौं—अनलाइनस्टोर स्मार्टडोको डट कम सञ्चालनमा आएको छ। करिब ४ हजार ५ सयभन्दा बढी सामान रहेको यो इकमर्स साइटले ग्राहकलाई सामान खरिदमा ५ देखि ५० प्रतिशतसम्म छुट दिने जनाएको छ।

वान क्लिक सलुसन नारा लिएर आएको स्मार्टडोकोडले होम डेलिभरी गर्नेछ। सामानको भूक्तान सामानको डेलिभरी भएको अवस्थामा (क्यास अन डेलिभरि) गर्न पनि सकिने कम्पनीले जनाएको छ।

छुट पाउनको लागि ग्राहकले लगआउट गर्ने क्रममा कुपन कोड स्मार्टडोको प्रयोग गर्नुपर्ने हुन्छ। बुधबार सुरु गरिएको यो इकमर्स साइटमा भिन्न उमेर समूहका लागि फरक वस्तुहरु उपलब्ध छन्। विद्यमान नेपाली इकमर्ससाइटभन्दा यसमा धेरै सुविधा भएको दाबी कम्पनीले गरेको छ।

स्मार्टडोकोमा १८ भन्दा धेरै उत्पादन समूह छन्। मोबाइल फोनदेखि फेसनका लुगा, बच्चाका सामानदेखि पेय पदार्थसम्म उपलब्ध छ। ग्राहकहरुको सन्तुष्टिका लागि स्मार्टडोकोले ५०० देखि २५ हजारसम्म गिफ्ट कार्ड पनि ल्याएको छ।

वान क्लिक सलुसन नारा लिएर आएको स्मार्टडोकोडले होम डेलिभरी गर्नेछ। सामानको भूक्तान सामानको डेलिभरी भएको अवस्थामा (क्यास अन डेलिभरि) गर्न पनि सकिने कम्पनीले जनाएको छ। काठमाडौं, पोखरा, नारायणगढ, विराटनगर, इटहरी, धरान र बीरगन्जमा छिटोभन्दा छिटो डेलिभरी सेवा दिइने कम्पनीले जनाएको छ।
 

प्रकाशित: २८ असार २०७४ १३:५३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App