coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

रियो जानेलाई सेनाको सम्मान

काठमाडौं- रियो ओलम्पिकमा नेपालको प्रतिनिधित्व गर्ने खेलाडी तथा प्रशिक्षकलाई नेपाली सेनाले शुक्रबार हौसलास्वरुप नगदसहित शुभकामना प्रदान गरेको छ। व्यावसायिक प्रतिष्ठानका प्रतिनिधिहरूमाझ सेनाले मुख्यालय भद्रकालीमा ओलम्पिकमा सहभागिता जनाउने ७ खेलाडी र ५ प्रशिक्षकलाई जनही २५ हजार रुपैयाँ हौसलास्वरुप प्रदान गर्‍यो।

साउन २१ देखि ब्राजिलको रियो द जेनेरियोमा हुने ओलम्पिक प्रतियोगितामा एथलेटिक्सका हरिकुमार रिमाल, सरस्वती भट्टराई, जुडोकी फुपुल्हामु खत्री, तेक्वान्दोकी निशा रावल, पौडीका शिरीष गुरुङ र गौरिका सिंह तथा आर्चरीका जितबहादुर मोक्तानले भाग लिने छन्।

रियोमा भाग लिनेपौडीकी गौरिका र आर्चरीका जितबहादुर बाहेकसबै त्रिभुवन आर्मी क्लबका खेलाडी हुन्।

एथलेटिक्समा पुष्पराज ओझा, तेक्वान्दोमा संगीना वैद्य, आर्चरीमादीपकराज गुरुङ, जुडोमा देवु थापा, पौडीमा ईश्वर कार्की प्रशिक्षक छन्।

प्रधानसेनापति राजेन्द्र क्षेत्रीले ओलम्पिकमा नेपाली खेलाडीहरू सुखद नतिजा लिएर फर्कने विश्वास व्यक्त गरे। उनले भने, 'ओलम्पिक खेल्न सजिलो छैन। ओलम्पिक खेल्न पाउनु भाग्यको कुरा हो।  हरेक खेलाडी ओलम्पिक खेल्ने लक्ष्य राख्छन्। ओलम्पिक खेल्नु भनेको आर्मीमा भर्ती भएर प्रधानसेनापति हुनुजस्तै हो।'

उनले थपे, 'हामीलाई विश्वास छ रियो ओलम्पिकमा नेपाली खेलाडीले राम्रो नतिजा निकाल्ने छन्। त्यसका लागि सबै खेलाडी शुभकामना। ब्राजिलबाट फर्कंदा हामीले खुला हृदयले खेलाडीलाईस्वागत गर्ने अवसर प्राप्त गर्ने विश्वास छ।'

गौरिका परिवारसहित लन्डनमा रहेकाले उतै प्रशिक्षणमा छिन्।उनले लन्डनमा प्रशिक्षण गरेर ओलम्पिकमा प्रतिस्पर्धा गर्नेछिन्। जुडोकी फुपुल्हामु पनि हंगेरीमा प्रशिक्षण गरेर हालै स्वदेश फर्केकी छिन्। उनी पनि ओलम्पिक छात्रवृत्तिमा प्रशिक्षणरत थिइन्।

त्यस्तै पौडीका शिरीष पनि १४ महिना बैंककमा प्रशिक्षण गरेर फर्किएका हुन्। ओलम्पिकका लागिशिरीषओलम्पिक छात्रवृत्तिमा वैदेशिक प्रशिक्षणमा थिए।

प्रकाशित: ८ श्रावण २०७३ ०४:५९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App