काठमाडौं- आइसिसी महिला विश्वकप छनोट प्रतियोगिताका लागि खेलाडी छनोट गर्न राष्ट्रिय खेलकुद परिषद(राखेप)ले पाँच सदस्यीय छनोट कमिटी बनाएको छ। छनोट समितिले साउन अन्त्यतिर सुरु हुने बन्द प्रशिक्षणलाई खेलाडी छनोट गर्नेछ। कमिटीमा जगत टमाटा, श्यामसन जंग थापा, सुदीप पौडेल, प्रदीपजंग पाण्डे र विनायक पोखरेल छन्।
बन्द प्रशिक्षणका लागि राखेपले आयोजना गरेको महिला राष्ट्रिय छनोट क्रिकेट प्रतियोगिताको उद्घाटन खेलमा एपिएफ र मध्यमाञ्चलले प्रतिस्पर्धा गर्नेछ। प्रतियोगिताको पहिलो दिन हुने अर्को खेलमा पूर्वाञ्चल र पश्चिमाञ्चलबीच खेल हुनेछ।
कीर्तिपुरस्थित त्रिवि मैदानमा हुने ट्वान्टी–२० क्रिकेट प्रतियोगितामा पाँच विकास क्षेत्र र एपिएफले प्रतिस्पर्धा गर्नेछन्। विजेताले १ लाख र उपविजेताले ५० हजार नगद पुरस्कार प्राप्त गर्नेछन्। उत्कृष्ट खेलाडीसहित उत्कृष्ट ब्याटसवुमन, बलर, उदीयमान खेलाडीलाई पनि पुरस्कृत गरिने आयोजक राखेपले जनाएको छ। प्रतियोगिताबाट राखेपले २४ खेलाडी बन्द प्रशिक्षणका लागि छनोट गर्नेछ।
प्रकाशित: ८ श्रावण २०७३ ०४:५७ शनिबार