७ वैशाख २०८१ शुक्रबार
खेल

इङ्ल्यान्ड प्रशिक्षकमा एलार्डिस

लन्डन- साम एलार्डिस इङ्ल्यान्ड फुटबल टोलीको नयाँ प्रशिक्षकमा नियुक्त भएका छन्। सन्डरल्यान्डलाई क्षतिपूर्ण सर्तमा ६१ बर्षे एलार्डिस प्रारम्भिक रूपमा दुई वर्षका लागि प्रशिक्षकमा नियुक्त भएका छन्। उनको नेतृत्वमा गतवर्ष सन्डरल्यान्डले प्रिमियर लिग हैसियत जोगाएको थियो।

युरोपियन च्याम्पियनसिपको प्रिक्वार्टरफाइनलमा आइसल्यान्डसँग पराजित भएपछि तत्कालीन प्रशिक्षक रोए हड्सनले पदबाट राजीनामा दिएका थिए। एलार्डिसको नेतृत्वमा इङ्ल्यान्डले पहिलो खेल मैत्रीपूर्ण खेल्ने भएको छ। सेप्टेम्बर १ मा वेम्बलीमा हुने मैत्रीपूर्ण को सँग खेल्ने भने तय हुन बाँकी छ। एलार्डिसले प्रशिक्षक नियुक्त हुनलाई सम्मानित भएको बताएका छन्। 'म यो पद चाहन्थे भन्ने कहिल्यै गोप्य थिएन। पक्कै पनि इङ्लिस फुटबलमा यो मेरो लागि राम्रो मौका हो।'

उनले राष्ट्रिय टोलीको प्रदर्शन सुधार्न सक्दो प्रयास गर्ने वचन दिए। उनले थपे 'राष्ट्रिय टोलीको सफलताबाट समर्थकलाई खुसी पार्न मैले जे गर्न सक्छु म त्यो गर्नेछु। हामीले समर्थकका साथै देशवासीलाई खुसी पार्नुछ।

उनको नेतृत्वमा इङ्ल्यान्डले पहिलो प्रतिस्पर्धात्मक खेल सेप्टेम्बर ४ मा स्लोभाकियासँग खेल्नेछ। त्यो खेल सन् २०१८ विश्वकपको छनोट चरणको खेल हो। एलार्डिसले प्रशिक्षकका रुपमा ९ महिना सन्डरल्यान्डमा बिताए। सन्डरल्यान्डले आठवर्षमा नवौं प्रशिक्षक नियुक्त गर्नेछ।

क्लबले विज्ञप्ति जारी गर्दै भनेको छ, 'हामी सबै सन्डरल्यान्डलाई अघि बढाउन प्रतिवद्ध छौं। अब जतिसक्दो चाँडो नयाँ प्रशिक्षक नियुक्त गरिनेछ। बोल्टन, न्युक्यासल, ब्ल्याकबर्न र वेस्टह्यामका समेत प्रशिक्षक रहिसकेका एलार्डिस इङ्ल्यान्डको १४ औं स्थायी प्रशिक्षक हुन्। उनले प्रशिक्षण जीवनमा महत्वपूर्ण ट्रफी जितेका छैनन्। यद्यपि उनको नेतृत्वमा बोल्टन र न्युक्यासल प्रिमियर लिगमा बढुवा भएका थिए।

प्रकाशित: ८ श्रावण २०७३ ०४:५५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App