तराईमा डुबानको सन्त्रास

बुधबार, २८ असार २०७४, १० : ३५ बुद्धिनारायण श्रेष्ठ

भारतले आफ्नो सीमान्त भूमिमा पश्चिम नेपालको बाँकेदेखि पूर्वको मोरङसम्मको सीमारेखा नजिकै ब्यारेज, बाँध, तटबन्ध, तटबाँध, जोर्ती–बाँध, जलबन्धन, छाँद, ठोक्कर जस्ता साना–ठूला १५ संरचना बनाएको छ। यस्ता संरचनामध्ये राप्ती नदीलाई छेकेर बनाइएको बाँके दक्षिणको सबैभन्दा ठूलो लक्ष्मणपुर ब्यारेजको कलकलवा तटबाँध रहेको छ । सबभन्दा सानो संरचना बक्राहा नदीलाई छेकेर बनाइएको मोरङको लुना (बक्राहा) तटबन्ध हो । बाइस किलोमिटर लामो कलकलवा तटबाँधका कारण नेपालबाट बगेर भारततर्पm जाने होलिया र गन्धेली नदीको प्राकृतिक बहाव रोकिनाले होलिया गाउँपालिकाको सात वडा डुबानमा पर्ने गरेको छ । वर्षायाम लाग्यो कि त्यस भेगका बासिन्दामा कोलाहल मच्चिने गर्छ ।

तर गत वर्षदेखि सप्तरीको खाँडो तटबन्ध र कुनौली तटबाँधले तहल्का मच्चाइरहेको छ । जीता, दुधे, सुन्दरी शाखानदी भएको खाँडो नदीले बाढीका समय दायाँबायाँका तटबन्ध भत्काउँदै बस्तीमा पानी पसेर डुबान बनाएको छ । यस वर्ष ५ सय ५० परिवारका १ हजार ५ सय बासिन्दालाई विस्थापितमा पारेको छ । खाँडो धार नजिकका तिलाठी, सकरपुरा, भेडिया, लौनिया, मलहनिया, मयनाकँडेरीका बासिन्दालाई डुबानले निकै प्रभावित तुल्याएको छ । मलेठ, रायपुर, रघुनाथपुर, पकरी, रूपनी, बसबिट्टी त्रिकोल र लोहजराका परिवारलाई आंशिकरूपमा प्रभावित पारेको छ । तिलाठीको सरकारी भन्सार र प्रहरी कार्यालयलाई समेत डुबानमा पारेको छ । धेरै प्रभावित हुन पुगेको बस्तीका खम्बा ढलेर विद्युत् सेवा विच्छेद भएको छ । खानेपानीको स्रोत भएको ट्युबवेल डुबानमा परेको छ । पिउने पानी हाहाकार भएको छ । बस्ती डुबानका कारण रूघाखोकी, ज्वरो, झाडा÷वान्ताजस्ता रोगव्याधी विस्तार भइरहेको छ । वर्षायाममा बाह्र पन्ध्र घन्टा लगातार वर्षा भएमा यी गाउँबस्तीका करिब १ हजार ९ सय हेक्टर भूभाग डुबानमा पर्ने गर्छ । जलजमाउको गहिराइ ४० सेन्टिमिटरदेखि १ मिटरसम्मको भई यो भाग अस्थायी पोखरीमा परिणत हुने गरेको छ ।

खाँडो नदी चुरे पहाडबाट उत्पत्ति भई ४८ किलोमिटर पार गरेपछि नेपाल–भारत सीमा दक्षिणमा तिरजुगा खोला मिसिएर भारततर्पm बगेको छ । यो नदीको नकारात्मक विशेषताचाहिँ माथिल्लो भागमा फराकिलो परेको छ । तर जब यो दक्षिणतर्पm बग्छ साघुँरिदै गएको छ । साघुँरिदै गएको भागमा पानीको मात्रा थुप्रिदै जाँदा यसको कटान शक्ति धेरै हुन पुगेकाले दायाँबायाँको सामान्य छेकबार भत्काउँदै छेउछाउको जमिन तथा बस्तीलाई डुबानमा परिणत गर्ने गरेको छ । नदी अक्सर घुमाउरो तरिकाले बगेको छ र नदीमा प्रायः बालुवा र बलौटे माटो थुप्रिएको छ ।

कुनौली तटबाँध

खाँडो नदीले गाउँबस्ती डुबानमा पार्ने मुख्य कारणचाहिँ खाँडो नदीलाई छेकेर सीमामै भारतले कुनौली तटबाँध बनाउनाले नै हो । जङ्गे सीमास्तम्भ नं. २२२ र २२३ बीचको सीमारेखाबाट ५ मिटर दक्षिण दशगजा क्षेत्रमा करिब २ किलोमिटर लामो र ५ मिटर अग्लो तटबाँध बनाइएको छ । तटबाँधको ठाउँ–ठाउँमा रूख पनि लगाइएको छ । संवत् २०४२ सालमा बनाइएको कुनौली बाँधमा २०६१ सालमा माटो थपी संरक्षण गरेपछि नेपालबाट बग्ने वर्षाबेलाको पानी छेकिइ नेपाली भूभाग जलमग्न हुन थालेको हो । भारतले सुरुमा यसलाई सडक बनाएको भन्ने गरेको थियो । तर वर्षाको पानी थुनिएर निकास हुन नदिएपछि तटबाँध भन्ने कुरा प्रमाणित भएको छ ।

भारतको सुपौल जिल्लाभित्र पर्ने कुनौली तटबाँध भारतले वर्षाको पानी सञ्चय गर्ने र हिउँदयाममा यही पानी उपयोग गरी सिँचाइ सुविधा उपलब्ध गर्ने तथा सुक्खा मौसममा समेत भारतीय जमिन हराभरा पार्ने उद्देश्यले बनाएको हो । खाँडो तटबाँधले नेपाललाई डुबानको पीडामा पारेको छ भने भारतलाई सिँचाइ सुविधा पु¥याएको छ । सप्तरीको यो क्षेत्रका डुबानपीडित बासिन्दालाई राहत पु¥याउन हालै गृहमन्त्रीका साथै प्रधानमन्त्री हेलिकप्टरबाट पुगेका थिए । उनले प्रतिपीडित परिवार जस्तापाता किन्न १५ हजार र टहरा बनाउन १० हजार गरी २५ हजार रुपियाँ राहत दिने जनाए । घर बनाउन सहुलियत ब्याजदरमा १५ लाखसम्म ऋण उपलब्ध गराउने घोषणा पनि गरे । यहाँ प्रश्न आउँछ– यस्ता राहत वितरण त्यस क्षेत्रको डुबानपीडितका निम्ति स्थायी समाधान हो÷होइन ? यस्तो सामान्य मात्राको राहत वितरण गर्ने र चिप्लो कुरा गरेर वर्षायाम टार्ने क्रियाकलाप पहिले पनि धेरै पटक भइसकेका छन् । तर समस्या भने वर्षैपिच्छे ज्युका त्युँ छ ।

गत वर्षको झडप

२०७३ साउन ८ गते आएको बाढीले करिव २ सय मिटर तटबाँध कटान गरेपछि १२ गते भारतीय सुरक्षाकर्मीको निगरानीमा खाँडो नदीको बहाव रोकिने गरी साविक कुनौली तटबाँधमा भारतले मर्मत गर्दै थप संरचना बनाउन सुरु ग¥यो । सप्तरी जिल्ला प्रशासनले निर्माण रोक्न अनुरोध गरे तापनि भारतीय पक्षले मध्यरातबाट निर्माण तीव्र बनायो । भोलिपल्ट नेपाली स्थानीय जनता निर्माण रोक्न निर्माणस्थल पुगे । नेपाली र भारतीयबीच झडप हुन पुग्यो । झडपका क्रममा भारतीयहरूले नेपालीलाई नियन्त्रणमा लिएर कुटपिट गरेपछि दर्जनौं नेपाली घाइते भए । जिविसका पूर्वसदस्य देवनारायण यादवलाई त अस्पतालै भर्ना गर्नुपरेको थियो ।

डुबान समस्या समाधान

नेपाल–भारत डुबान समस्या समाधान स्थायी समिति (स्किप) को संयुक्त बैठकमा खाँडो नदीको बाढी तथा डुबान समस्या समाधानका निम्ति विस्तृत योजना तयार पारी स्वीकृतिका लागि डुबानसम्बन्धी उच्चस्तरीय केन्द्रीय समितिमा संवत् २०४९ मा प्रस्तुत गरिएको थियो । त्यस प्रतिवेदनलाई धेरै पटक पुनरावलोकन तथा संशोधन गरी अन्तिम पटक २०६५ मा केन्द्रीयस्तरको समितिमा पुनः प्रस्तुत गरिएको थियो । तर भारतको आनाकानीले स्वीकृत भएको छैन । यस योजना प्रतिवेदन स्वीकृत भई पूर्णरूपमा कार्यान्वयन भए तिलाठ–कुनौली क्षेत्रका बासिन्दाले आउँदो वर्षायाममा फेरि डुबान भोग्नुपर्ने थिएन ।

प्रधानमन्त्री शेरबहादुर देउवाको औपचारिक भारत भ्रमण निकट भविष्यमै हुन लागेको छ । भ्रमणका समय ‘खाँडो नदी बाढी–तथा डुबान समस्या समाधान प्रतिवेदन’ कार्यान्वयन गर्न÷गराउन सम्बन्धित समितिलाई लिखित निर्देशन दिने दुई प्रधानमन्त्रीबीच सहमति भए हेलिकप्टरबाट तिलाठी क्षेत्र गई राहत वितरण गरेको कुराले सार्थकता पाउने थियो । होइन, आश्वासन दिँदै हिँड्ने तर कार्यान्वयन गर्न दिलचस्पी नदिने अनि समकक्षीसँग कुराकानी गर्न हच्कने भए डुबानको सन्त्रासमा परेका जनताले प्रधानमन्त्रीलाई सत्तोसरापमात्र गर्नेछन्।








यसमा तपाईको मत

अन्य समाचार

डिसहोम क्रेडिट सर्भिस अब पांच दिन सम्म पाइने

डिसहोम क्रेडिट सर्भिस अब पांच दिन सम्म पाइने

डिस होमले आफ्ना ग्राहकहरुलाई सदस्यता शुल्क समाप्त भइसके पछि पनि ३ दिन सम्म थप म्याद दिदै आएकोमा अब उक्त सेवाको...

मकवानपुरगढी घुम्न आउने दैनिक एक हजार

मकवानपुरगढी घुम्न आउने दैनिक एक हजार

केही वर्षअघिसम्म १–२ जना आन्तरिक पर्यटक मात्र आउने मकवानपुरगढी क्षेत्रमा अहिले दैनिक हजारभन्दा बढी आउन थालेका छन् । ...

सन नेपालको अन्तरक्रिया

सन नेपालको अन्तरक्रिया

सन नेपाल लाइफ इन्स्योरेन्सले अभिकर्ता अन्तरक्रिया तथा सम्मान कार्यक्रम गरेको छ । ...

मनमैजुमा कामना सेवा बैंक

मनमैजुमा कामना सेवा बैंक

कामना सेवा विकास बैंकले काठमाडौंको तारकेश्वर नगरपालिका वडा नम्बर १० स्थित मनमैजुमा शाखा विस्तार गरेको छ । ...

स्कुल भ्यान सहयोग

स्कुल भ्यान सहयोग

एभरेस्ट बैंकले ललितपुरको धापाखेलस्थित सेल्फ–हेल्प ग्रुप फर सेरेब्रल पल्सी, नेपाल (एसजिसिपी) लाई एक थान स्कुल भ्यान हस्तान्तरण गरेको छ ।

रारामा टेलिकमको फोरजी सेवा

रारामा टेलिकमको फोरजी सेवा

नेपाल टेलिकमले मुगुस्थित रारातालमा फोरजी मोबाइल सेवा प्रदान विस्तार गरेको छ । ...

कुमारी बैंकको भूमिपूजन

कुमारी बैंकको भूमिपूजन

कुमारी बैंकले काठमाडौंको नक्सालमा भवन शिलान्यासको निम्ति भूमीपूजन गरेको जनाएको छ । ...

वर्ल्डलिंकको अफर

वर्ल्डलिंकको अफर

इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंकले ‘जाडो याममा तात्तातो हिटरनेट’ अफर ल्याएको छ । ...

Ncell Footer Ad