८ वैशाख २०८१ शनिबार
राजनीति

अधिकारीलाई निमित्त दिएर बिदा भए मुख्यसचिव

काठमाडौं- सरकारले नयाँ मुख्यसचिव नियुक्ति टुंगो लगाउन नसकेपछि मुख्यसचिव डा. सोमलाल सुवेदी प्रधानमन्त्री कार्यालयका सचिव केदारबहादुर अधिकारीलाई निमित्त मुख्यसचिवको जिम्मेवारी दिएर बिदा भएका छन्।

एसियाली विकास बैंकको वैकल्पिक कार्यकारी निर्देशकका रुपमा फिलिपिन्सको मनिला जाने अघिल्लो दिन मंगलबार मुख्यसचिव सुवेदी सिंहदरबारबाट बिदा भएका हुन् ।

मुख्यसचिव बुधबार जाने निश्चित हुँदाहुँदै पनि सरकारले कसलाई मुख्यसचिव बनाउने भन्ने टुंग्याउन सकेन । प्रधानमन्त्री कार्यालयका वरिष्ठ सचिव रामकुमार आचार्य देशबाहिर रहेकाले अधिकारीलाई निमित्त मुख्यसचिवको जिम्मेवारी दिइएको हो । स्वदेश फर्केपछि आचार्यले अर्काे मुख्यसचिव नियुक्त नहुन्जेल निमित्त मुख्यसचिवको जिम्मेवारी सम्हाल्नेछन् ।

मंगलबार सचिवको बैठक आयोजना गरी मुख्यसचिव सुवेदीले आपूmले गरेको कामबारे जानकारी गराउँदै सहयोगका लागि धन्यवाद दिएका थिए । सो अवसरमा सचिवले समेत मुख्यसचिव सुवेदीको बिदाइ कार्यक्रम आयोजना गरेका थिए । बिदाइका क्रममा मुख्यसचिव सुवेदीले आफूले जानेको ज्ञानसीप जुनसुकै बेला देशका लागि दिन तयार रहेको बताएका थिए ।

साउन १ गतेदेखि एडिबीको वैकल्पिक कार्यकारी निर्देशकका रुपमा काम सुरु गर्न लागेका मुख्यसचिव सुवेदी बुधबार दिउँसो फिलिपिन्सको मनिला प्रस्थान गर्दैछन् । एडिबीमा जान लागे पनि सरकारले नै गरेको मनोनयन भएकाले सुवेदीले राजीनामा भने दिनुपर्ने छैन । २०७५ साउनसम्म मुख्यसचिवको कार्यकाल बाँकी रहेकाले अतिरिक्त समूहमा मुख्य सचिवको विशेष पद सिर्जना गरी उनलाई राखिनेछ भने सरकारले उनको ठाउँमा नयाँ मुख्यसचिव नियुक्त गर्नेछ । 

सरकारले मुख्यसचिव नियुक्तिबारे निर्णय नगरेपछि वरिष्ठ सचिव धनबहादुर तामाङले पनि मंगलबारदेखि अवकाश पाएका छन् । तामाङले सचिवको रुपमा पाँचबर्से पदावधि पूरा भएपछि अवकाश पाएका हुन् ।

सरकारले मंगलबार वरिष्ठताका आधारमा मुख्यसचिव बनाएको भए कात्तिकसम्मका लागि उनी मुख्यसचिव हुने थिए । तामाङको बहिर्गमनसँगै अब मुख्यसचिवको प्रतिस्पर्धीमा सचिव राजेन्द्रकिशोर क्षेत्री, नारायणगोपाल मलेगो, शान्तराज सुवेदी, शान्तबहादुर श्रेष्ठ, ङइन्द्रप्रसाद उपाध्याय, लोकदर्शन रेग्मी र शंकर अधिकारी छन् ।

प्रकाशित: २८ असार २०७४ ०१:२८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App