८ वैशाख २०८१ शनिबार
समाज

ट्रकको ठक्करबाट प्रहरीको मृत्यु

धादिङ— पृथ्वीराजमार्ग अन्तर्गत धादिङको गल्छीबाट काठमाडौतर्फ जाँदै गरेको मोटरसाइकललाई ट्रकले ठक्कर दिँदा एक जना प्रहरी जवानको मृत्यु भएको छ। धादिङको थाक्रे गाउँपालिका वडा नं ७ सातकिलामा ट्रकले मोटरसाइललाई ठक्कर दिँदा मोटरसाइकलको पछाडि बसेका प्रहरी जवान सन्तोषजंग शाहको मृत्यु भएको हो।

शाह बेनिघाट गाउँपालिका निवासी हुन् ।

काठमाडौँदेखि आउँदै गरेको ना ३ ख २९४६ नम्बरको ट्रकले काठमाडौँ जाँदै गरेको बा ७६ प ६४१२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो। मोटरसाइकल चालक २६ वर्षीय सुजन खड्का घाइते भएका छन्। घाइतेको उपचारका लागि काठमाडौँ पठाइएको छ । 

छतबाट खसेर मृत्यु
लुगा सुकाउने क्रममा छतबाट लडेर धादिङमा एक जनाको मत्यु भएको छ। मृत्यु हुनेमा  ३० वर्षीय सीता गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ। 

धादिङको नीलकण्ठ नगरपालिका वडा नं ४ रायटारमा लुगा सुकाउने क्रममा लडेर घाइते भएकी गुरुङको जिल्ला अस्पताल धादिङबेसीमा उपचारका क्रममा मृत्यु भएको हो।

 

प्रकाशित: २६ असार २०७४ १४:१० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App