कोहलपुर— जिल्ला अस्पताल कालिकोटमा प्रसुतिका क्रममा अत्याधिक रक्तस्राब भएपछि थप उपचारका लागि भेरीअञ्चल अस्पताल पुर्याएकी तिलागुफा नगरपालिका ११ की ३५ बर्षीया हरिशोभा सुनारको मृत्यु भएको छ। हेलिकप्टरबाट चार्टर गरि नेपालगन्ज पुर्याएको ८ घण्टापछि सोमबार विहान २ बजे सुनारको मृत्यु भएको हो।
हुम्लाबाट कालिकोट आउँदा र मौसमको खराबीका कारण नेपालगन्जमा हेलिकोप्टर ल्यान्ड गर्न ढिला भएको थियो। ‘हामीले बचाउन सक्दौ प्रयास गर्यौ तर सफल हुन सकेनौं,’ उनले भने।
सुत्केरी सुनारलाई समयमा नेपालगन्ज पुर्याउन नसक्दा उनको मृत्यु भएको भेरीअञ्चल अस्पतालका प्रमुख सुपरीटेण्डन डा.वीरेन्द्रबहादुर चन्दले जानकारी दिए।
‘नेपालगन्ज पुर्याउँदासम्म रक्तस्राब अत्याधिक भइ अचेत अवस्थामा ल्याइयो,’ उनले भने, ‘अस्पतालमा पुर्याउँदा पेटमा पानी, फोक्सोमा पानी भरिएको थियो।’ त्योबाहेक बिरामीको पेट र खुटा सुनिएको थियो। आाईसियुमा राखेर हरसम्भव प्रयास गर्दा पनि बचाउन नसकिएको उनले बताए।
‘बिरामी ढिलो गरि नेपालगन्जसम्म ल्याउँदा जटिल समस्या थपियो र स्वास्थ्यमा असर बढ्दै जाँदा बचाउन सकिएन्’, नागरिकन्युजसँग उनले भने।
हेलिकप्टरले समयमा ल्याएको भए पनि बचाउन सकिने अवस्था रहेको उनको भनाई छ। मृतक सुनारको शव सोमबारै आफन्तले बुझेका छन्। जटिल अवस्थामा अस्पताल पुर्याएकी सुत्केरी सुनारलाई चिकित्सकलाई डाक्टरले समेत राम्रो उपचार दिन सकेनन्।
सुनारको कालिकोटबाट हेलिकप्टरमा नेपालगन्ज ल्याउन सक्दो सहयोग गरेका समाजसेवी खड्गजंग शाहीले आमाको मृत्यु भए पनि बच्चाको अवस्थामा सामान्य रहेको बताए। हुम्लाबाट कालिकोट आउँदा र मौसमको खराबीका कारण नेपालगन्जमा हेलिकोप्टर ल्यान्ड गर्न ढिला भएको थियो। ‘हामीले बचाउन सक्दौ प्रयास गर्यौ तर सफल हुन सकेनौं,’ उनले भने।
आईतबार बिहान कालिकोट अस्पतालमा सुनारले छोरी जन्माएपछि अत्यायधिक रक्तस्राब भएको थियो। स्थानीय स्वास्थ्यकर्मीले ५ प्वाइन्ट रगत चढाए पनि रक्तश्राव हुन नरोकिएपछि ११ बजे नेपालगन्ज रेफर गरिएको थियो। अत्याधिक रक्तश्राव भएको ८ घण्टापछि हेलिकप्टरबाट उनलाई नेपालगन्ज पुर्याएको थियो।
३५ वर्षमा मृत्यु भएकी सुनारले आईतबार ९ औँ सन्तानलाई जन्म दिएकी थिइन्।
प्रकाशित: २६ असार २०७४ १४:०० सोमबार