७ वैशाख २०८१ शुक्रबार
राजनीति

ओलीको जिल्लामा राप्रपा बलियो माओवादी कमजोर

झापा-  जिल्लाका १५ स्थानीय तहका ६ सय ८५  जनप्रतिनिधिमध्ये ४ सय ६१ सीट जित्दै एमाले झापामा पहिलो दल बनेको छ। कम्तीमा १० वटा तहको प्रमुख पद जित्ने दाबी गरिरहेको उसले सात तहमा मात्रै प्रमुख पद जित्न सकेको छ। पाँच तहको प्रमुख पद जितेको काँग्रेसले १ सय ६३ सीट मात्रै जितेको छ। 

तीन वटा तहमा प्रमुख पद जितेर राष्ट्रिय प्रजातन्त्र पार्टीले झापामा तेस्रो दलको हैसियत बनाउँदा माओवादी केन्द्र भने कमजोर चौथो दल बनेको छ। राप्रपाले कूल ३४ सीटमा जीत हात पार्दा माओवादीले २७ सीट जितेको छ। अन्य तीन दलले प्राप्त गरेको कूल सीट संख्या एमाले एक्लैले जितेको सीटभन्दा आधाभन्दा पनि थोरै छ। 

तीन वटा तहमा प्रमुख पद जितेर राष्ट्रिय प्रजातन्त्र पार्टीले झापामा तेस्रो दलको हैसियत बनाउँदा माओवादी केन्द्र भने कमजोर चौथो दल बनेको छ।

झापाको अन्तिम नतिजा अर्जुनधारा नगरको आएको छ । आइतबार राति अबेर सार्वजनिक नतिजा अनुसार  अर्जुनधारामा एमालेले  प्रमुख, उपप्रमुखसहित अधिकांश पदहरु जितेको छ।  प्रमुख पदमा एमालेका हरिकुमार राना र उपप्रमुखमा एमालेकै  कमला आचार्य विजयी भएका हुन्।

राना १३ हजार ८ सय ७९ मत ल्याई प्रमुख निर्वाचित  भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका हेमप्रसाद खरेलले ९ हजार ६ सय ४१ मत प्राप्त गरे । उप प्रमुखमा एमालेकी कमला आचार्य १२ हजार ८ सय ३१ मत ल्याई विजयी भएकी छन् । उनकी निकटतम प्रतिद्धन्द्धी काँग्रेसकी सरस्वती सिटौलाले १० हजार ५ सय ७९ मत मात्र प्राप्त गरिन् । ११ वटा वडा रहेको अर्जुनधारा नगरपालिकामा तीन वटा वडा काँग्रेसले हात पारेको छ भने अरु सबै वडा एमालेको पोल्टामा गएको छ । नगरमा ४७ सीट एमालेले जित्दा काँग्रेसले १० वटामा जितेको छ। 

एमालेले झापाका ६ वटा नगरपालिकाको नेतृत्व हात पार्दा सबैमा प्रमुख र उपप्रमुखसहित बहुमत पदमा सफलता पाएको छ । अर्जुनधारामा प्रमुख उपप्रमुखसहित उसले ४७ स्थान जितेको छ। भद्रपुरमा पनि प्रमुख र उपप्रमुखसहित ३८, बिर्तामोडमा पनि प्रमुख र उपप्रमुखसहित ३५ पद एमालेले जितेको छ । अध्यक्ष केपी ओलीको गृहनगर दमकमा काँग्रेस र माओवादीलाई शून्यमा सिमित पारेको एमालेले प्रमुख र उपप्रमुखसहिते ४९ पद जितेको छ। मुख्य दुवै पद जितेको कनकाईको ३७ र शिवसताक्षीको ५१ पद एमालेले जितेको छ । प्रमुख पद नजितेका नगरमा उपप्रमुखसहित बहुमत पद एमालेले हात पारेको छ । गौरादहमा उपप्रमुखसहित ३०, मेचीनगरमा उपप्रमुखसहिते ४९ पद एमालेले जितेको छ । सात गाउँपालिकामध्ये कमलमा मात्रै अध्यक्ष  र उपाध्यक्ष  जितेको उसले त्यहाँको पनि ३५ सीट जितेको छ । बुद्धशान्तिमा उपाध्यक्ष जितेको एमालेले २६, हल्दीबारीमा उपाध्यक्षसहित १५ र  झापा गाउँपालिकामा  उपाध्यक्षसहित १५ पद उसले  जितेको छ । बाह्रदसीमा २५ ,  कचनकवलमा ६ र गौरीगञ्जमा सबैभन्दा थोरै ३  पद जितेको छ । 

एमालेको दाँजोमा झण्डै तीन गुणा थोरै सीट जितेको काँग्रेसले जिल्लाका दुई वटा नगर गौरादह र मेचीनगरको प्रमुख पद जितेको छ । गौरादहमा प्रमुखसहित १७ पद जितेको उसले मेचीनगरमा प्रमुखसहित २६ सीटमा सफलता पाएको छ । बिर्तामोडमा १४, भद्रपुरमा ११, कनकाईमा १०, शिवसताक्षीमा ६ र अर्जुनधारामा १० सीट जितेको छ । नगरपालिकामा भन्दा गाउँपालिकामा धेरै सफलता पाएको काँग्रेसले बुद्धशान्तिमा अध्यक्षसहित १०, बाह्रदसीमा प्रमुख र उपप्रमुखसहित ८, झापामा प्रमुखसहित १८, गौरीगञ्जमा उपप्रमुखसहित २२ पद जितेको छ । त्यस्तै कचनकवलमा ८, कमलमा २ र हल्दीबारीमा सबैभन्दा थोरै १ पद मात्रै जितेको छ। 

कचनकवल गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षसहित २२ पद जितेको राप्रपाले हल्दीबारीमा अध्यक्षसहित ६ पदमा जीत हात पारेको छ । त्यस्तै गौरीगञ्जमा प्रमुख, दमक र बिर्तामोडमा ३–३ पद जितेर राप्रपाले कुल ३४ वटा पद हात पारेको छ । प्रमुख र उपप्रमुख कतै पनि नजितेको माओवादी केन्द्रले वडाध्यक्षसहित जम्मा २७ सीट जितेको छ। 

 

प्रकाशित: २६ असार २०७४ १२:१० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App