७ वैशाख २०८१ शुक्रबार
अन्य

यसरी रह्यो धुम्बाराहीको नाम

तस्बिर : रूपेशमान सिंहको ब्लग


राजधानीमा धेरै स्थान यस्ता छन्, जसको नामसँग ऐतिहासिक र पौराणिक मिथक जोडिएका छन् । धुम्बाराही पनि त्यस्तै एक हो । 

मन्दिरको नाम कसरी धुम्बाराही रह्यो भन्नेबारे दुईखाले तर्क भेटिन्छन् । पहिलो, धूम अर्थात् धुँवाबाट अपभ्रंश भई धुम्बाराही बन्यो । त्यस्तै, गोपाल वंशावलीमा यो मन्दिरलाई लिच्छविकालमा भारद्वार अनुपरमका छोरा भौम गुप्तले स्थापना गरेकाले भौमबाट धूम हुँदै धुम्बाराही हुन पुगेको हो। 

राजधानीको चण्डोलमा चर्चित मन्दिर छ, धुम्बाराही, मन्दिरकै नामबाट यस क्षेत्रको नाम पनि धुम्बाराही बनेको संस्कृतिविद् र इतिहासकार बताउँछन् । 

मन्दिरको नाम कसरी धुम्बाराही रह्यो भन्नेबारे दुईखाले तर्क भेटिन्छन् । पहिलो, धूम अर्थात् धुँवाबाट अपभ्रंश भई धुम्बाराही बन्यो । यसैका आधारमा कतिपय स्थानमा धुम्बाराहीलाई धुम्ब्र वराह समेत उल्लेख गरिएको छ । त्यस्तै, नेपालको प्रमुख वंशावलीमध्येको एक गोपाल वंशावलीमा भने यो मन्दिरलाई लिच्छविकालमा भारद्वार अनुपरमका छोरा भौम गुप्तले स्थापना गरेको उल्लेख छ ।  भौमले बनाएको वराह (धरणी वराह)  भएकाले भौमबाट धूम हुँदै धुम्बाराही हुन पुगेको संस्कृतविद् जगमान गुरुङ बताउँछन् । 

धुम्बाराही मन्दिरमा एक हजार ६ सय वर्ष पुरानो ऐतिहासिक मूर्ति रहेको छ । मानिसको शरीर र बँदेलको शिर भएको मूर्ति नागमाथि रहेको छ । त्यसको बायाँ कुममाथि नारीको मूर्ति छ । नाग पाताल र नारी पृथ्वीको प्रतीक रहेको गुरुङ बताउँछन् । परापूर्वकालमा हिरण्याक्ष नामक असुरको अन्याय र अत्याचारले पृथ्वी पातलिँदै गएपछि  वैकुण्ठबाट भगवान् विष्णुले वराह अवतार लिएर पृथ्वीको उद्धार गरेको प्रतीकका रूपमा धूम वराह मूर्तिको स्थापना गरिएको संस्कृतविद् बताउँछन् । 

गुप्त कालमा भारतमा पनि विभिन्न वराह मूर्ति बनेका छन् । गुप्त वंशले पृथ्वी धानेको संकेतका रूपमा वराह मूर्ति निर्माण भएको र त्यसैको सिको गरेर नेपालमा पनि भौम गुप्तले धुम्बाराही मूर्ति निर्माण गरेको गुरुङ बताउँछन् । वराह अर्थात् बँदेलको अवतार लिएर पृथ्वीको उद्धार गरेका विष्णुले धरानको कोका तीर्थमा गएर दिव्यस्वरुप धारण गरेको मिथक भेटिन्छ । 

 

प्रकाशित: २६ असार २०७४ ०५:३२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App