८ वैशाख २०८१ शनिबार
अर्थ

अप्पर माईको क्यासकेड जोडियो

इलाम- माबु गाउँमा सञ्चालित अप्पर माई जलविद्युत् आयोजना ‘सी' राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ। ६.१ मेगावाट क्षमताको क्यासकेड आयोजनाको ५.१ मेगावाट जोडिएको हो। आयोजना प्रवर्द्धक पञ्चकन्या हाइड्रो पावर प्रालिले नेपाल विद्युत प्राधिकरणसँग भएको विद्युत् खरिद सम्झौता (पिपिए) अनुसार अहिले ५.१ मेगावाट मात्र जोडिएको जनाएको छ।

प्रालिका प्रबन्ध निर्देशक सन्तोष प्रधानले थप क्षमता जोड्न अर्को पिपिए आवश्यक रहेको बताए। उनका अनुसार ९५ करोड लगानीको क्यासकेड गतवर्ष राष्ट्रिय प्रसारणमा जोडिएको अप्पर माई मूल आयोजनाको ट्रान्समिसन लाइनमार्फत् इलाम नगरपालिका–१० गोदकस्थित सब स्टेसन जोडिएको छ। अघिल्लो जेठमा १२ मेगावाट क्षमताको मुख्य आयोजना १८ किलोमिटरको ट्रान्समिसन लाइनमार्फत् राष्ट्रिय प्रसारणमा जोडिएको थियो।

 मुख्य आयोजनाका लागि १ अर्ब ९२ करोड रुपैयाँ लगानी भएको प्रालिले जनाएको छ। आयोजनाका लागि नबिल, नेपाल बैंक, एभरेस्ट, एनएमबी र ग्लोबल आइएमई बैंकले ७५ प्रतिशत लगानी गरेका छन्। दुवैबाट वर्षमा ५ करोड युनिट बिजुली उत्पादन हुने अनुमान पञ्चकन्याको छ।

प्रकाशित: २५ असार २०७४ १४:१२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App