८ वैशाख २०८१ शनिबार
अर्थ

५० प्रतिशत विद्युत चुहावट

बारा- सिम्रौनगढ र कलैया बितरण केन्द्र मातहतमा रहेका जिल्लाका ग्रामीण भेगका गाउँहरुमा दैनिक ५० प्रतिशत विद्युत चुहावट हुने गरेको छ।

विद्युत चुहावटको कारणले गर्दा प्रत्येक महिना विद्युत प्रधिकरणलाई यस क्षेत्रबाट करिव दुई करोड ५० लाख घाटा हुने गरेको नेपाल विद्युत प्रधिकरण कलैया बितरण केन्द्रका अधिकारीहरुले बताएका छन्।

कलैया विद्युत बितरण केन्द्रका प्रमुख बिनोद चौधरीले केन्द्रिय प्रशारण लाईनबाट आउने विद्युतबाट आधी मात्रै सदुपयोग हुने गरेको बताएका छन्।

‘केन्द्रिय प्रशारण लाईनबाट प्रत्येक महिना लगभग ५५ लाख यूनिट विद्युत आउने गरेको छ', चौधरीले भने, ‘केन्द्रिय प्रशारण लाईनबाट आउने विद्युत मध्ये ४५ हजार ग्रहकहरुले २९ लाख यूनिट विद्युतलाई नियम अनुसार मात्रै बाल्ने गरेको छन्।’

सिम्रौनगढ क्षेत्र र भारतको बिहारसँग सीमाना जोडिएको दक्षिणी भागका गाउँहरुमा बढी विद्युत चुहावट हुने गरेको चौधरीले बताए।

बढी विद्युत चुहावट हुने सिम्रौनगढ क्षेत्र र जिल्लाको दक्षिणी क्षेत्रमा चुहावट गर्नेलाई कारवाही गर्न जाँदा प्राधिकरणका कर्मचारी र सुरक्षाकर्मीहरु माथि नै गाउँलेहरुले आक्रमण गर्ने गरेको दुखेसो चौधरीले सुनाए।

बढी विद्युत चुवाहट गरीने ग्रमीण भागका गाउँहरुमा जडान गरीने विद्युतीय ट्रन्सफर्मर समेत बढी मात्रामा क्षती हुने गरेको उनले बताए।

एक चोटी जडान गरीने ट्रन्सफर्मरबाट राम्रो सही तरिकाबाट विद्युत सपलाई गर्दा ती ट्रन्सफर्मर दुई तीन बर्ष सम्म टिकने गरे पनि विद्युत चुहावतले एक बर्ष मै एउटै गाउँमा दुई तीन पटक ट्रन्सफर्मर फेर्नु पर्ने बाध्यता रहेको उनले बताए।

गाउँमा ग्राहक संख्याको अधारमा ट्रन्सफर्मर  जडान गर्ने गरे पनि विद्युत चुहावट गर्ने कारणले गर्दा ती ट्रन्सफर्मर बढी विद्युत सपलाई गर्नु पर्ने बाध्यताले  बिगर्ने गरेको चौधरीले बताए।

विद्युत चुहावत गर्नेलाई कारवाही गर्दा स्थानीहरुले अवरोध गर्ने गरे पनि कलैया बितरण केन्द्रले कडाईका साथ सुरक्षाकर्मीहरुको सहयोगमा  विद्युत चुहावट गर्नेलाई कारवाही गर्दा विद्युत चुहावटमा चार प्रतिशत समेत कमी आएको चौधरीले दावी गरेका छन्।

दुई बर्ष पहिला ५४ प्रतिशतसम्म विद्युत चुहावत हुने गरेको अवस्थामा विद्युत चोरी गर्नेलाई कारवाही गर्ने अभियार चलाए पछि अहिले ५० प्रतिशत चुहावत हुने गरेको उनले बताए।

चालु आथिक बर्षमा हुकिङ्ग प्रयोग गरी विद्युत चोरी गर्ने बिभिन्न गाउँका चार सय  ७५ जनलाई दण्ड जरिवाना समेत गरीएको कलैया बितरण केन्द्रको तथ्यांकले देखाएको छ ।

विद्युत चुहावट नियन्त्रण टोलीले विद्युत बाईपास तथा हुकिङ्ग गर्ने चार सय ७५ जनालाई नियन्त्रणमा लिएर कारवाही गरीदा  त्यस बापत लगभग ४५ लाख जरिवाना असुली गर्न सकिएको कलैया बितरण केन्द्रका लेखा शाखाले जनाएको छ।

केन्दबाट बार्षिक लगभग ३० करोड रकम बराबरको विद्युत बिक्री हुने गरे पनि २५ करोड जति मात्रै असुली हुने गरेको लेखा शाखाले जनाएको छ।

कलैयामा शाखा स्थापना भएको दिनदेखी हालसम्म सबैतहमा ४८ करोड ३७ लाख १३ हजार रुपैयाँ जिल्लाका सरकारी कार्यालय, संघ संस्था र ग्राहकहरुमा बाँकी रहेको कलैया बितरण केन्द्रका तथ्याँकले देखाएको छ।

प्रकाशित: २४ असार २०७४ ०९:४७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App