coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

ठाडी खोलाको बाँध फुट्दा ४० घर डुबानमा

गाइघाट (उदयपुर)– त्रियुगा नगरपालिका–७ मोतीगडास्थित ठाडी खोलामा आज आएको भीषण बाढीले बाँध बगाउँदा स्थानीय ठाडी टोल र प्रतिभा टोलका ४० घर डुबानमा परेका छन्।

गए रातिदेखि आएको निरन्तर वर्षाका कारण ठाडी खोलामा बाढी आउँदा बाँध फुट्न पुगेपछि खोलाको आधा पानी स्थानीय प्रतिभा टोल र ठाडी टोलमा प्रवेश गरेको थियो।

खोलाको पानी प्रवेश गरेर घर डुबाए पनि कुनै मानवीय क्षति भने नभएको जिल्ला प्रहरी कार्यालयले बताएको छ। गाउँमा खोलाको बाढी प्रवेश गरेपछि अहिले जिल्ला प्रहरी कार्यालय र स्थानीय जनताको सक्रियतामा स्काभेटर प्रयोग गरेर उक्त बाँध थुन्ने कार्य भइरहेको छ।

त्यस्तै २४ घन्टादेखि निरन्तर वर्षा भएसँगै पूर्वको सप्तकोसी नदीमा भीषण बाढी आएर पानीको बहाब नदी किनार बाहिर आउन थालेपछि तपेश्वरी क्षेत्र उच्च जोखिममा परेको छ।

पानीको बहाब अहिलेसम्मकै उच्च भएर नदी किनार बाहिर आउन थालेपछि तपेश्वरीको माथिल्लो क्षेत्र र तल्लो क्षेत्र भागलपुर गाउँसहित झन्डै एक हजार ५०० घरपरिवार उच्च जोखिममा परेको जिल्ला प्रहरी कार्यालयका प्रमुख नरबहादुर केसीले बताए।

सप्तकोसीमा पानीको बहाब अति नै बढेका कारण आज जिल्ला प्रहरी कार्यालय तथा मौसमविद् सम्मिलित टोलीले सप्तकोसीको अनुगमन गरेको थियो। रासस

प्रकाशित: ७ श्रावण २०७३ १२:३६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App