झापा— एमाले अध्यक्ष केपी ओलीको गृहनगर दमकमा सत्तारुढ दुई दल काङ्ग्रेस र माओवादी केन्द्र सबै पदमा हारेका छ्न्। यी दुवै दलले दमकमा एउटा सदस्य पद पनि जित्न सकेनन्।
एमाले अध्यक्ष केपी ओलीको गृहनगर दमकमा सत्तारुढ दुई दल काङ्ग्रेस र माओवादी केन्द्र सबै पदमा हारेका छ्न्। यी दुवै दलले दमकमा एउटा सदस्य पद पनि जित्न सकेनन्।
मेयर, उप प्रमुख , वडा अध्यक्ष र सदस्यहरुसहित ५२ जना निर्वाचित हुनु पर्ने दमकमा प्रमुख र उप प्रमुख सहित एमालेले ५० पद जितेको छ। अरु दुई पदमा राप्रपाले जितेको छ। मेयरमा एमालेका रोमनाथ ओली १० हजार ८ सय ६ मत प्राप्त गर्दा निकटतम प्रतिद्वन्द्वी राप्रपाका राम थापाले ७ हजार ६ सय ५५ मत पाए।
उप प्रमुखमा एमालेकै गीता अधिकारी १२ हजार ६ सय २५ मत ल्याइन। निकटतम प्रतिद्वन्द्वी काङ्ग्रेसकि रेगिना भट्टराइले ८ हजार ९ सय १२ मत पाइन् । वडा नम्बर १ र ७ मा वडा अध्यक्ष राप्रपाले जितेको दमकमा अरु वडामा एमाले विजयी भएको छ।
प्रकाशित: २३ असार २०७४ १३:१० शुक्रबार