८ वैशाख २०८१ शनिबार
अर्थ

बिमस्टेक टुर अपरेटर्सहरुको बैठक नयाँ दिल्लीमा

काठमाडौं- बहुपक्षीय आर्थिक तथा प्राविधिक सहयोगका लागि बंगालका खाडीका राष्ट्रहरूको प्रयास (बिमस्टेक) सदस्य राष्ट्रका पर्यटन ब्यबसायीहरुको पहिलो बैठक भारतको नयाँ दिल्लीमा समापन भएको छ|

नेपालका तर्फबाट बैठकमा पाँच-सदस्यीय प्रतिनिधिमण्डलले भाग लिएको थियो| प्रतिनिधिमण्डलको नेतृत्व पर्यटन बिभागका निमित्त महानिर्देशक दुर्गादत्त ढकालले गरेका थिए| विभागकी कानुन अधिकृत लक्ष्मी शाह लगायत नेपाल एसोसीएसन अफ टुर अपरेटर्सका अध्यक्ष अशोक पोख्रेल, बुद्धिस्ट सर्किट्स डट कम का बिक्रम पाँडे र नटराज टुर्सका शिखर प्रसाई प्रतिनिधिमण्डलमा थिए|

बैठकमा बिमस्टेक सदस्य राष्ट्रहरुको साझा टुर प्याकेज बनाउने, बिमानस्थलमा अतिथि सत्कार डेस्क राख्ने, बिमस्टेक टुर अपरेटर्स नेटवर्कको वेबसाइट बनाउने र क्षेत्रीय पर्यटन गतिबिधि बढाउन सदस्य राष्ट्रका नागरिकहरुलाई भिसा प्रक्रिया सरलीकृत गर्ने लगायतका बिषयहरुमा छलफल भएको बिभागका निमित्त निर्देशक ढकालले बताए|

बिमस्टेक टुर अपरेटर्स नेटवर्कको अर्को बैठक श्रीलंकामा गर्न प्रस्ताब गरिएको छ|

यसैगरि भारतले विद्युतीय विसा भएका नागरिकहरुलाई स्थलमार्गबाट पनि दोहोरो प्रवेशको सुबिधा दिएको छ | ‘अब विद्युतीय विसा लिइ भारत भ्रमणमा रहेका बिदेशी पर्यटकहरुले नेपाल भ्रमण गरि भारत फर्कन पाउनेछन् | यो नयाँ सुविधाले हामीलाई भारतमा रहेका तेस्रो मुलुकका पर्यटकहरुलाई लुम्बिनी, चितवन, र पोखरा लगयातका शहरहरुमा भ्रमण गराउने मद्दत पुर्याउनेछ | सीमापार पर्यटन बिकास तथा प्रबर्द्धन गर्ने हाम्रो योजनामा यसले थप सहयोग पुर्याउनेछ,’ बुद्धिस्ट सर्किट्स डट कम का बिक्रम पाँडेले भने।

प्रकाशित: २३ असार २०७४ १२:४५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App