coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

कान्लाबाट लडेर महिलाको मृत्यु

भक्तपुर– नगरकोट नगरपालिका वडा नं. ७ र ९ को बीच सिमानामा पर्ने चरेलीमा सोही स्थान वडा नं ७ बस्ने वर्ष ५५ की सानुमैयाँ सापकोटा मृत अवस्थामा फेला परेकी छन्।

बिहान आफ्नै खेतमा घाँस काट्ने क्रममा अचानक कान्लाबाट लडी उनको मृत्यु भएको हुन सक्ने प्रहरीले जनाएको छ। प्रहरी वृत्त जगातीबाट प्रहरी निरीक्षकको कमान्डमा खटिएको टोलीले उनको शव पोस्टमार्टमका लागि भक्तपुर अस्पताल पठाएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

घटनाका विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

 

प्रकाशित: ७ श्रावण २०७३ ११:१३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App