coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

युरेनिमय खानीको सुरक्षा जिम्मा सेनालाई

काठमाडौं-सरकारले उपल्लो मुस्ताङको लोमान्थाङ नजिकै रेहेको युरेनिमय खानी क्षेत्रको सुरक्षाका लागि नेपाली सेना खटाउने निर्णय गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले यस्तो निर्णय गरेको उद्योगमन्त्री सोमप्रसाद पाण्डेले बताए।

‘बहुमूल्य युरेनियम खानी रहेको क्षेत्रको सुरक्षा जरूरी रहेकोले उद्योग मन्त्रालयबाट सुरक्षाको जिम्मा नेपाली सेनालाई दिनु उचित हुने प्रस्ताव मन्त्रिपरिषदमा पेश गरिएको थियो,’ मन्त्री पाण्डेले भने ‘अब तत्काल नेपाली सेनालाई पत्राचार गरेर त्यहाँ सुरक्षा पोष्ट राख्ने बारेमा काम अगाडि बढ्ने छ।’

युरेनियमको अध्ययन र अन्वेषणको काम उद्योग मन्त्रालय अन्तरर्गत पर्ने खानी तथा भूगर्भ विभागले गरिरहेको छ। हालै उद्योगमन्त्री पाण्डेको नेतृत्वमा खानी विभागका विज्ञ सहितको टोलीले युरेनियम खानी क्षेत्रको स्थलगत अध्ययन गरेको थियो।

भिडियोमा युरेनियम खानीको स्थलगत विवरणः

 

 

प्रकाशित: ७ श्रावण २०७३ ०९:२५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App