८ वैशाख २०८१ शनिबार
प्रवास

एनआरएन अमेरिकाको निर्वाचन अगष्ट ११ र १२ मा

टेक्सस—गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद अमेरिका (एनआरएन) अमेरिकाको चुनाव आउँदो अगष्ट महिनामा हुने भएको छ। सदस्यता भेरिफिकेसनमा लामो विवाद खेपेको निर्वाचन समितिले मंगलबार आगामी निर्वाचनको कार्यक्रम प्रकाशित गर्दै अगष्ट ११ र १२ तारिख अनलाईन निर्वाचन हुने जनाएको हो।

प्रकासित सूचनाअनुसार उम्मेदवारको मनोनयन बुधबारबाटै सुरु हुनेछ। लामो समय सदस्यता भेरिफिकेसनका नाममा विवाद भएर ढिला गरी निर्वाचन हुने मिति तय भएको हो।

एनआरएन अमेरिकाको अध्यक्ष लगायत ३३ पदको चुनाव हुनेछ। त्यस्तै ८ जना आईसीसी सदस्यको पनि चुनाव हुनेछ।  एनआरएन अमेरिकाको २५ स्टेट च्याप्टरको पनि चुनाव सोही दिन निर्वाचन हुनेछ। निर्वाचन समितिले प्रकाशित गरेको कार्यतालिका अनुसार ४ जुलाईमा मतदाता नामावली प्रकासन, ४ देखि ८ जुलाई उम्मेदवार मनोनयन सक्ने, १३ जुलाईसम्म उम्म्ेदवारीमाथी दावी विरोधको समय दिइएको छ।

१८ जुलाई उम्मेदवारको अन्तिम नामावली प्रकाशन, उम्मेदवारले आफ्नो नाम फिर्ता लिन २४ तारिकलाई अन्तिम दिन तोकोको छ। २९ तारिक अन्तिम उम्मेदवारको नामावली प्रकासन र अगष्ठ ११ र १२ निर्र्वाचनको दिन तोकेको छ। त्यसैगरी अगष्ठ १९ निर्वाचन परिणम घोषणाको लागि ताकिएको छ भने २० अगष्ठमा प्रमाणपत्र वितरण गरिने निर्वाचन अधिकृत बन्दिता शर्माले बताइन्।

च्याप्टर र अमेरिकाबाट सदस्यहरु संख्याका आधारमा पाइने आइसीसी सदस्यमध्य ८ पदको लागि पनि एकै साथ निर्वाचन हुनेछ।
यो निर्वाचनबाट सबै तहका गरि २०० देखि ३०० सम्म विभिन्न उम्मेदवारहरुको चयन हुनेछन्। निर्वाचनका लागि उम्मेदवार हुनका लागि अध्यक्ष र आइसीसी सदस्यहरुको हकमा बिधानत एनसीसी या आइसीसीको कार्यसमितिमा एक कार्यकाल काम गरेको अनिवार्य हुनु पर्नेछ।

चुनावी अभियानका क्रममा अमेरिकाका लागि अध्यक्ष पदमा वर्तमान अध्यक्ष डा.केशव पौडेल, गौरी जोशी, रविना थापा, राम सी पोख्रेल र कृष्ण पोख्रेल चुनावी मैदानमा छन्। सदस्य संख्याका आधारमा अमेरिकाबाट एक सय ७० जना केन्द्रिय डेलिकेटस् जान पाउने भएकाले केन्द्रिय निर्वाचनमा उम्मेदवार हुने प्रमुख पदका दावेदारहरुको आँखा पनि अमेरिकी चुनावमा राम्ररी लागेको छ।

अमेरिका एनआरएनको ७६ शाखामध्ये सबै भन्दा बढी सदस्य भएको शाखा हो।  

 

प्रकाशित: २१ असार २०७४ १०:२६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App