७ वैशाख २०८१ शुक्रबार
खेल

एन्ड्रे गोमेज बार्सीलोनामा अनुबन्धित

बार्सिलाेना— पोर्चुगलका मिडफिल्डर एन्ड्रे गोमेज स्पेनीस क्लब बार्सिलाेनामा अनुबन्धित भएका छन्।

रिपाेर्टहरूका अनुसार बार्सिलोनाले २२ वर्षीय गोमेजलाई ४० मिलियन युरोमा अनुबन्धन गरेको औपचारिक घोषणा गरेको हो। गत दुई सिजन स्पेनीस क्लब भ्यालेन्सियामा बिताएका गोमेजले ३० खेल खेल्दै ३ गोल गरेका थिए। उनलाई स्पेनीस जायन्ट रियल मड्रिडले समेत भित्राउन खोजेको थियो।

यस सिजन बार्सिलोनामा अनुबन्धित हुने गोमेज चौथो खेलाडी बनेका छन्। यसअघि क्लबले स्याम्युल उमिटी, लुकास डिन्जी र डेनिस स्वारेजलाई अनुबन्धन गरेको थियो।

 

प्रकाशित: ७ श्रावण २०७३ ०८:४५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App