coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

गोलिया बोकेका ७ ट्रक प्रहरी नियन्त्रणमा

भीम चापागाईं
इलाम–कागजपत्रबिनै गोलिया निकासी गर्न लागेको आरोपमा प्रहरीले मेची राजमार्गका विभिन्न स्थानमा  ४ चालकसहित रुखको गोलिया बोकेका २० ट्रक नियन्त्रणमा लिएको छ । गएराति यता नियन्त्रण गरिएका मध्ये १३ ट्रकको कागजात भेटेर छाडिएपनि ४ चालक र ७ ट्रक अझै नियन्त्रणमा रहेको जिल्ला प्रहरीले जनाएको छ।
    सदरमुकाम नजिकै धोविधारा, इलाम चोक बजार र गोलाखर्क भञ्ज्याङमा ती ट्रक नियन्त्रणमा लिएको प्रहरीका एसपी सुशीलकुमार यादवले बताए । ‘निकासीका लागि आवश्यक कागजात नभेटिएकाले नियन्त्रणमा लिनुपरेको हो,’ उनले भने, ‘नियन्त्रित ट्रक वन कार्यालयलाई जिम्मा लगाउने क्रममा छौं।’ रुखको गोलिया निकासी गर्दा लोड गरिएको स्थानमै टाँका लगाएर ‘सिल’ गर्नुपर्नेमा व्यवसायीले सिल नगरी निकासी गर्न लागेको आरोप प्रहरीको छ ।
    व्यवसायीले भने प्रक्रिया पुर्याएर गोलिया निकासी गर्न लागेको भएपनि प्रहरीले नबुझेर ट्रकहरू नियन्त्रणमा लिएको दाबी गरेका छन् । प्रहरीले धमाधम ट्रक नियन्त्रणमा लिएपछि समूहमै प्रहरी कार्यालय पुगेका व्यवसायीले वन कर्मचारी सबै घाटगद्दी (रुख काटेर एकै ठाउँ गोलिया थुपारेको स्थान) पुग्न नसकेकाले धेरै सहायक सडकहरूको केन्द्र पर्ने स्थानमा सिल गर्न ती ट्रकहरू आउँदै गर्दा प्रहरीले नियन्त्रणमा लिएको बताए । वन पैदावर व्यवसायी संघका अध्यक्ष सोनामकाजी लाप्चाले भने, ‘सबैतिरका घाटगद्दी पुगेर वन कार्यालयका अधिकृतस्तरका कर्मचारीले गाडीमा गोलिया सिल गर्न सम्भव नभएकाले धोविधारामा एकैठाउँ सिल गर्न लाग्दा प्रहरीले ट्रकहरू नियन्त्रणमा लिएको हो,’ उनले भने ।
    सहायक वन अधिकृत सुनीलकुमार सिंहले सबै घाटगद्दीसम्म कर्मचारी पुग्न सम्भव नभएकाले जिल्ला कटेर जानुअघि सिल गर्ने गरिएको बताए ।
    

 

प्रकाशित: ४ असार २०७३ ०८:५४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App