coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

यस्तो छ झापाको नतिजा

झापा- नेकपा एमालेको सबैभन्दा बलियो किल्ला मानिने झापाको गौरादह नगरपालिकाको प्रमुख पद जितेर काँग्रेसले महत्वपूर्ण उपलब्धि हात पारेको छ। काँग्रेसका रोहितकुमार साह १० हजार ३ सय ८ मत प्राप्त गरी विजयी भएका छन् ।

उनका निकटतम प्रतिद्धन्द्धी एमालेका जिल्ला सचिवसमेत रहेका मदन अधिकारीले ९ हजार ८ सय ५४ मत प्राप्त गरेका छन् । उपप्रमुखमा एमालेकी गिता भेटवालले १० हजार ६ सय २० मत प्राप्त गरिन् । उनकी निकटतम प्रतिष्पर्धी काँग्रेसकी सुमित्रा खरेलले ७ हजार ९ सय ११ मत प्राप्त गरेकी छन् ।

यसपटकको स्थानीय चुनावमा झापामा शक्तिशाली बनेर उदाएको राप्रपाले गौरीगञ्ज गाउँपालिका प्रमुख पनि जितेर जिल्लामा जीत संख्या बढाएको छ । यसअघि हल्दीबारीमा प्रमुख र कचनकवलमा प्रमुख, उपप्रमुखसहित बहुमत वडा जितेको उसले गौरीगञ्जमा प्रमुख पदका उम्मेद्वार बाबुराजा श्रेष्ठलाई पनि जीतको माला पहिर्याएको छ । उनले ३ हजार ७ सय ४० मत प्राप्त गरे। उनका निकटतम प्रतिष्पर्धी काँग्रेसकी फुलवती राजवंशीले ३ हजार ४ सय ५३ मत प्राप्त गरिन्। उपप्रमुख पदमा काँग्रेसका दिपेन्द्र थापा ३ हजार ४ सय १४ मतसहित विजयी भएका छन् । निकटतम प्रतिष्पर्धी मेनुका राईले २ हजार ८ सय १७ मत प्राप्त गरेकी थिइन् ।

झापाको बाह्रदशी गाउँपालिकामा काँग्रेसका खडगप्रसानद राजवंशी ५ हजार ५ सय ३९ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिद्धन्द्धी एमालेका लक्ष्मण पाठकले ५ हजार १ सय ११ मत प्राप्त गरे । उपप्रमुखमा काँग्रेसकै रत्ना राजवंशीले विजय हासिल गरेकी छन् । उनले ५ हजार ४ सय ५३ मत ल्याउँदा उनकी निकटतम प्रतिष्पर्धी एमालेकी गंगादेवी धमलाले ५ हजार २ सय ५६ मत प्राप्त गरेकी थिइन् ।

प्रदेश नम्बर एककै पहिलो गाउँप्रमुख हुने गौरव संगाल्न पाएकी एमालेकी मेनुका काफ्लेले चिट्टामा भाग्य खोलिन् । काँग्रेसका हुकुमसिंह रार्य र उनको समान ८ हजार २ सय ७५ मत आएपछि गोलामा उनी प्रमुख पदमा छानिएकी हुन् । उपप्रमुखमा एमालेका वेणृ शिवाकोटीले ९ हजार ४ सय १८ मत प्राप्त गरी जित्दा उनका प्रतिष्पर्धी काँग्रेस दिपा गौतमले ४ हजार ९ सय ९२ मत प्राप्त गरेकी छन् ।

यस्तै कनकाई नगरमा प्रमुख र उपप्रमुखमा एमाले विजयी भएको छ । दुई गाउँपालिकामा राप्रपा र एउटामा काँग्रेस विजेता बनेको छ ।

एमालेले कनकाई नगरमा जितको शुरुआत गर्दा राप्रपाले कचनकवल र हल्दिीबारी गाउँपालिका जितेको छ। काँग्रेसले झापा गाउँपालिकाबाट विजयी शुरुआत गरेको छ ।

 १५ स्थानीय तह रहेको जिल्लाका आठ नगर मध्ये कनकाई नगरपालिकामा एमालेले जितेको हो  । नगरतर्फको  यो पहिलो परिणाम हो । अन्तिम मत परिणाम अनुसार प्रमुखमा एमालेका राजेन्द्र पोखरेल र उपप्रमुखमा मञ्जु प्रसाईले बाजी मारेका हुन् । पोखरेलले उनका प्रतिस्पर्धी नेपाली काँग्रेसका एकराज उप्रेतीलाई २ हजार २ सय १९ मतको फराकिलो अन्तरले पराजित गरे। पोखरेलले ८ हजार ४ सय १६ र उप्रेतीले ६ हजार १ सय ९७ मत प्राप्त गरेका थिए ।

 उपप्रमुखमा एमालेकी मञ्जु प्रसाईले नेपाली काँग्रेसकी कविता बस्नेतलाई १ हजार ९ सय ९७ मतले पराजित गर्दै विजयी भइन् । प्रसाईले ८ हजार ५ सय ७६ मत प्राप्त गरिन भने उनकी प्रतिस्पर्धी प्रसाईले ६ हजार ५ सय ७९ मत प्राप्त गरिन् । कनकाईको ४७ पदमध्ये ३७ वटामा एमालेले जीत दर्ता गरेको छ । बाँकी १० पदमा नेपाली काँग्रेस विजयी भएको छ । एमाले नगरको १,२,४,५,७ र ८ मा प्यानलसहित विजयी भएको छ । नेपाली काँग्रेसको वडा अध्यक्षसहितको प्यानल वडानम्बर ६ मा विजयी भएको छ । वडानम्बर ३ र ९ मा मिश्रित परिणाम छ ।

कचनकवलमा राप्रपाका अन्जार आलम ५ हजार ८ सय १६ मत प्राप्त गरि विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका  कालेन्द्रसिंह राजवंशीले ५ हजार ३ सय ५३ मत प्राप्त गरे । उपप्रमुखमा राप्रपाकै निम्सरी राजबंशी ५ हजार ७ सय ९२ मत ल्याएर विजेता बनिन् । उनकी निकटतम प्रतिद्वन्द्धी काँग्रेसकी  गिता खरेलले ५ हजार ४ सय ३२ मत ल्याइन् । वडाहरुमा सातमध्ये ३ मा राप्रपा, २ मा एमाले र २ मा काँग्रेसले जितेको छ । माओवादी केन्द्र  निल भएको छ ।

हल्दीबारीमा राप्रपाका  रबिन्द्र लिङदेन गाउँपालिका प्रमुखमा विजयी भएका छन् । लिङ्देन  ३ हजार ९ सय ४३ मतसहित विजयी भएका हुन्  । उनका निकटतम प्रतिद्वन्द्वी एमालेकी मन्जु सिटौला ४ सय मतले पछि परिन् । उनले ३ हजार ५४३ मत ल्याइन् । उपप्रमुखमा भने   एमालेका डम्बर गिरी विजयी भएका छन्। उनले ४ हजार ३ सय ८६ मत प्राप्त गरेका छन् । हल्दिबारीमा वडा नम्बर ५ मा राप्रपाको प्यानलै विजयी भएको छ । एमालेले  २ वटा, काँग्रेस र माओवादी केन्द्रले १–१ वटा वडा जितेका छन् ।

झापा गाउँपालिकामा नेपाली काँग्रेसका अध्यक्ष पदका उम्मेद्वार जयनारायण साह विजयी भएका छन् । उनले ४ हजार ३ सय ९३ मत प्राप्त गरे । उनका निकटतम प्रतिद्धन्द्धी  एमालेका गजेन्द्र ताम्लीले  ३ हजार ७ सय ८९ मत प्राप्त गरे ।  उपाध्यक्षमा एमालेकी कुन्तीदेवी बुढाथोकी  विजयी बनेकी छन् । उनले ३ हजार ८ सय १६ मत प्राप्त गर्दा उनकी निटकतम प्रतिष्पर्धी काँग्रेसकी बसुन्धरा थपलियाले ३ हजार ५ सय ७६ मत प्राप्त गरिन्  । यहाँका सात वडामध्ये ४ वटामा एमाले, २ वटामा काँग्रेस र एउटामा स्वतन्त्र उम्मेद्वार विजयी भएका छन्। 

 

 

प्रकाशित: २१ असार २०७४ ०५:२२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App