८ वैशाख २०८१ शनिबार
कला

फिल्म 'सिग्नेचर' को ग्लोबल क्याम्पेन

काठमाडौं- वास्तविक जीवनकथामा आधारित फिल्म ‘सिग्नेचर’ले सकारात्मक सोचका लागि एक दिने अभियान सन्चालन गर्ने  भएको छ। सोच नै सबै समस्याको जड भएको भन्दै फिल्मले ‘सिग्नेचर मुभि थिंक पोजेटिभ ग्लोबल’ अभियानको आयोजना गर्न लागेको हो।

सभ्य सिर्जनाको प्रस्तुति, स्कुल फाउन्डेसनको आयोजना र एएचएफ (AHF) को सहयोगमा हुन लागेको अभियान यही असार २४ गते, शनिबार बिहान ११ बजेदेखि ५ बजेसम्म, नेपाल प्रज्ञा प्रतिष्ठानमा हुने छ।  अर्किड केयर होमको प्रमुख सहकार्यमा सञ्चालन हुने उक्त कार्यक्रमलाई रेड सर्कल क्रिएटिभ सोल्युसन्सले व्यवस्थापन गर्ने छ।

एक दिने इभेन्टको रूपमा सञ्चालन हुन लागेको कार्यक्रममा फिल्मको स्क्रिनिङ र स्क्रिनिङपछि फिल्मका कलाकारसँग छलफल गर्ने कार्यक्रम रहेको छ।

फिल्म सिग्नेचरले व्यक्तिको वास्तविक जीवनलाई विषयवस्तु बनाएको छ । एउटा मान्छे गर्भावस्थादेखि नै हुर्कँदै बढ्दै जाँदा उसमा घरपरिवार, समाजका विभिन्न तत्वहरूले पार्ने प्रभाव र त्यसको मनोवैज्ञानिक असरका कारण उसमा पैदा हुने नकारात्मक सोच र त्यही सोच अनुसारको उसको बानी, व्यवहार, आचरण र क्रियाकलापले उसको व्यक्तिगत जीवन र सिंगो समाजमा पर्न जाने असरलाई चलचित्रमा अत्यन्तै कलात्मक र जिवन्त तरिकाले प्रस्तुत गरिएको छ।

                ओस्कार इन्टरनेसनल कलेज(कलेज अफ फिल्म स्टडिज)का अध्यक्ष सागर उद्गमको अनुसन्धान, लेखन, निर्देशनमा बनेको चलचित्र सिग्नेचरलाई गीतकार प्रकाश सुवेदी र सागर उद्गमले निर्माण गरेका हुन्। चलचित्रमा विनोद पौडेल, सन्दिप क्षेत्री, जीवनसाथी बस्नेत, नम्रता सापकोटा, निर्णय श्रेष्ठ, सरिता गिरीको अभिनय रहेको छ भने मुख्य सहायक निर्देशक तथा कस्ट्युम डिजाइन रमेशबाबा नेपाल, छायाङकन पुरुषोत्तम प्रधान, धिरजजंग शाह, शिवराम श्रेष्ठ र नवराज सुवेदीको रहेको छ । चलचित्रमा निशान घिमिरेको सम्पादन तथा रङ्ग समायोजन, अच्युत सिटौलाको गीत सङगीत र गायन, जीवन थापाको ग्राफिक्स, विवश पौडेलको पाश्र्व संगीत, मुकेश शाहको मिक्सिङ रहेको छ।

प्रकाशित: २० असार २०७४ १३:४४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App