७ वैशाख २०८१ शुक्रबार
राजनीति

कैलालीको बर्दगोरीयामा कांग्रेस र कैलारीमा माओवादी विजयी

टीकापुर- कैलालीको बर्दगोरीया गाउँपालिकाको अध्यक्षमा कांग्रेस र उपाध्यक्षमा माओवादी केन्द्रले विजय हासिल गरेको छ। सम्पन्न मतगणना अनुसार नेपाली कांग्रेसका बलिराम चौधरीले ३ हजार ७ सय ४१ मत ल्याएर अध्यक्षमा विजयी भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका कर्णबहादुर कुँवरले ३ हजार ५ सय ४७ मत ल्याए।

उपाध्यक्षमा नेकपा माओवादी केन्द्रका भगवतीदेवी चौधरीले ४ हजार ९ सय १२ मतले विजयी भएकी छन भने उनका निकटत्म प्रतिद्वन्द्वी कांग्रेसकी ललिता भट्टले ३ हजार २ सय ६७ मत ल्याइन्।  

त्यस्तै कैलारी गाउँपालिकामा नेकपा माओवादी केन्द्रले जितेको छ। गाउँपालिकाको अध्यक्षमा लाजुराम चौधरी र उपाध्यक्षमा लक्ष्मी छत्गौवा विजयी भएका छन्। अध्यक्ष चौधरीले ६ हजार २ सय ४ मत ल्याएर जित हासिल गरेका छन्। उनका प्रतिद्वन्द्वी कांग्रेसका रामसमत चौधरीले ५ हजार ८ सय ८७ मत ल्याए।

उपाध्यक्षमा छत्गौवाले ६ हजार ६४ मत ल्याईन भने प्रतिद्वन्दी काँग्रेसकी अनिता चौधरीले ५ हजार ४ सय ७ मतमा चित्त बुझाउनु पर्यो।

प्रकाशित: २० असार २०७४ ०३:०७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App