coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

झापामा एमालेको विजयी सुरुवात

काठमाडौं- झापाको कनकाई नगरपालिकामा नेकपा एमालेका राजेन्द्र पोखरेल मेयरमा विजयी भएका छन्। उनले ८४१६ मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्दी कांग्रेसका एकराज उप्रेतीले ६१९७ मत प्राप्त गरे।

यस्तै उपमेयरमा एमालेकै मञ्जु प्रसाईं विजयी भएकी छन्। उनले ८५७६ मत प्राप्त गरिन्। उनकी निकटतम प्रतिद्वन्दी कांग्रेसकी कविता बस्नेतले ६५७९ प्राप्त गरिन्।

झापामा १५ स्थानीय तह रहेका छन्। जसमा ८ नगर र ७ गाउँपालिका छन्। दुई गाउँपालिकाको नतिजा आइसकेको छ। हल्दीवारी र कचनकवल गाउँपालिकामा राप्रपाले जित निकालिसकेको छ।

प्रकाशित: १९ असार २०७४ ११:४४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App