८ वैशाख २०८१ शनिबार
अन्य

ठमेलभित्र चिनियाँ गाउँ

कर्मचारी सञ्चयकोष भवनबाट सय मिटर अगाडि गएपछि एउटा चोक आउँछ । चोकबाट बायाँ(ज्याठा)तिर फर्किदा सडकको तल्लो किनारामा देखिन्छ– नेपाली गहना पसल । पसलको नाम चिनियाँ र नेपाली भाषामा छ । 

केही महिनाअघि मात्रै खुलेको पसल हो यो । यसमा पाइन्छन्–रुद्राक्षका मालादेखि चिनियाँ डिजाइनका गहना । पसलको नाम मात्र चिनियाँ भाषामा छैन, पसले पनि चिनियाँ नै छन् । दुई जना नेपाली कर्मचारी भएको यो पसलमा ठमेल पुग्ने चिनियाँ पर्यटकसमेत किनमेलका लागि झुम्मिन्छन् । 

भुइँदेखि माथिल्लो तलासम्म कतै चिनियाँ होटल छन् त कतै रेस्टुरेन्ट । यही गल्लीमा छन्–चिनियाँ भाषाका बोर्डमा सजिएका ‘टे«किङ’ कार्यालय । यो गल्लीमा अहिले धेरै चिनियाँ व्यवसायीका पसल छन् । नेपालीले समेत आफ्ना बोर्डमा भने नेपाली, अङ्ग्रेजी र चिनियाँ भाषाको प्रयोग गरेका छन् । 

चिनियाँले खोलेको गहना पसलसँगै सुरु हुन्छ ज्याठा । तर, ज्याठा अहिले पुरानो जस्तो छैन, चीनको कुनै सहरको गल्ली जस्तै देखिन्छ । सडकको दुवै किनारामा देखिन्छन्–चिनियाँ अक्षरमा लेखिएका साइन बोर्ड ।

भुइँदेखि माथिल्लो तलासम्म कतै चिनियाँ होटल छन् त कतै रेस्टुरेन्ट । यही गल्लीमा छन्–चिनियाँ भाषाका बोर्डमा सजिएका ‘टे«किङ’ कार्यालय । यो गल्लीमा अहिले धेरै चिनियाँ व्यवसायीका पसल छन् । नेपालीले समेत आफ्ना बोर्डमा भने नेपाल, अङ्ग्रेजी र चिनियाँ भाषाको प्रयोग गरेका छन् । 

ज्याठामा अहिले चिनियाँ नागरिकको उपस्थिती बाक्लो छ । गल्ली छिरेपछि नै चीनको कुनै गाँउ घुमेजस्तो लाग्छ । चिनियाँको बाक्लो उपस्थिती र चीनको झल्को दिने सजावटले ज्याठालाई अहिले धेरैले भन्न थालेका छन्–‘चाइना लाइन’ । 

‘ज्याठा चिनियाँ व्यवसायीले भरिएको छ,’ पर्यटन व्यवसायी लीलाबल्लभ दाहाल भन्छन्, ‘चीनको कुनै ठाउँ जस्तो बन्दै गएकाले यसलाई ‘चाइना लाइन’ भन्न थालिएको छ ।’

दाहालका अनुसार सात÷आठ वर्षअघिसम्म ज्याठामा चिनियाँ कम थिए । अहिले ज्याठामा नेपाली व्यवसायी खोज्दा पनि नभेटिने अवस्थामा पुगेको उनी बताउँछन् । सन् २००८÷९ देखि चिनियाँ व्यवसायी ज्याठामा बढ्न थालेका हुन् ।

पयर्टन व्यवसायीका अनुसार सन् १९९८ मा ज्याठामा चिनियाँ नामको एउटा होटल खुलेको थियो । त्यसपछि थपिँदै ज्याठामा चिनियाँको उपस्थिति बाक्लो भएको छ । 

‘होटल खुलेपछि चिनियाँ ज्याठामा बढ्दै गएका हुन्,’ पर्यटन व्यवसायी चन्द्र रिजालले भने, ‘अहिले त ज्याठा चिनियाँकै कब्जामा पुगिसक्यो भन्दा पनि फरक पर्दैन ।’ प्रत्यक्ष लगानी गर्ने वातावरण नहुँदा चिनियाँले नेपालीलाई सञ्चालक बनाएर लगानी गर्दै आएका थिए । खुला अर्थतन्त्रसँगै चिनियाँ व्यवसायीको लगानी ज्याठा क्षेत्रमा बढेको उनले बताए । अहिले ज्याठामा १५/० वटा होटल, ३० हाराहारी रेस्टुरेन्ट र एक सय बढी पसल चिनियाँ व्यवसायीको रहेको टे«किङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)का अध्यक्ष समेत रहेका रिजालले बताए ।

चिनियाँको लगानी आएपछि नेपालीले चलाएको पुरानो सेन्टर होटल कुबेरिया होटल, पिसाङ होटल चेङ्दु होटल, पिरामिड होटल फोनिक्स होटल, नेपा इन्टरनेसनल होटल बेइजिङ होटलमा रूपान्तरण भएका छन् । ‘घर भाडामा लिएर नेपालीले व्यवसाय गरिरहेका हुन्छन्,’ दाहालले भने, ‘चिनियाँले बढी भाडा दिएपछि घरबेटीले नेपालीलाई हटाएर चिनियाँलाई घर भाडामा दिन थालेका छन् ।’ 

चिनियाँ व्यवसायी बढेसँगै ठमेल क्षेत्रमा चिनियाँ पयर्टक पनि बढ्दै गएका छन् । पर्यटन विभागको तथ्यांक अनुसार सन् २०१६ मा १ लाख ४ हजार चिनियाँ पर्यटक नेपाल आएका थिए । सरकारले सन् २०१८ सम्ममा वर्षको दुई लाख चिनियाँ पर्यटक भित्र्याउने लक्ष्य राखेको छ ।

बढ्दैछन् चिनियाँ उद्योग 
चिनियाँ लगानीकर्ता होटेल–रेस्टुरेन्टमा आकर्षित भएको देखिन्छ । चालू आर्थिक वर्ष २०७३÷०७४ जेठ मसान्तसम्म उद्योग विभागमा १ सय २० पर्यटन उद्योग दर्ता भएका छन् । तीमध्ये ६८ वटा चिनियाँ व्यवसायीका हुन् । धेरै होटल तथा रेस्टुरेन्ट ठमेल क्षेत्रमा केन्द्रित छन् । 

दर्ता चिनियाँ कम्पनीले रेस्टुराँमा ४ हजार ८ सय २३ वटा सिट र होटेलमा १ हजार ६ सय ८२ बेड थप गर्ने योजना पेस गरेका छन् । विभागका अनुसार चिनियाँ व्यवसायीले होटेल तथा रेस्टुराँमा ३ अर्ब ३ करोड ९० लाख लगानी गर्ने प्रतिबद्धता जनाएका हुन् । 

प्रकाशित: १९ असार २०७४ ०७:३३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App