७ वैशाख २०८१ शुक्रबार
राजनीति

कैलालीको जानकीमा लोकतान्त्रिक फोरम विजयी

टीकापुर- लोकतान्त्रिक फोरमले कैलालीको जानकी गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षसहित चार वडामा जितेको छ। फोरमका तर्फबाट अध्यक्षमा प्रदीप चौधरी र उपाध्यक्षमा उमा महतौ विजयी भएका छन्।

अध्यक्ष चौधरीले ५ हजार ५७ र उपाध्यक्ष महतौले ५ हजार ९७ मत पाए। प्रतिद्वन्द्वी कांग्रेसका तर्फबाट अध्यक्षमा गंगादेवी चौधरीले ४ हजार २२१ र उपाध्यक्षमा सूर्य बटालाले ४ हजार ३० मत पाएका छन्।

फोरमले वडा नं. १,४,५ र ७ मा जित हात पारेको छ। एमालेले वडा नं. ३ र ९, माओवादी केन्द्रले वडा नं. २ र ८ तथा काँग्रेसले वडा नं. ६ मा जितेको छ। जानकी गाउँपालिकाका कुल २७ हजार ४५८ मतदाता मध्ये २० हजार ९२४ ले मतदानमा भाग लिएका थिए।

प्रकाशित: १९ असार २०७४ ०२:२८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App