७ वैशाख २०८१ शुक्रबार
राजनीति

माओवादी केन्द्रका जिल्ला ईन्चार्जद्वारा पदबाट राजीनामा

धनकुटा-  धनकुटाको एक तहमा पनि बिजय नगरेपछि नेकपा माओवादी केन्द्रका धनकुटा ईन्चार्ज तथा केन्द्रीय सदस्य हेमराज भण्डारीले आफ्नो पदबाट राजीनामा दिने घोषणा गरेका छन्।

 निर्वाचन अघि जिल्लाको ७ तह मध्ये ४ तह जित्ने दाबी गरेको माओवादीले धनकुटाको कुनै तहमा बिजय नगरेपछि नैतिकताको आधारमा राजीनामाको घोषणा गरेको भण्डारीले बताए।

काम विशेषले मोरङ्गको केराबारीमा रहेका भण्डारीले टेलिफोन गरेर भने–‘नैतिकताको आधारमा मैले आफ्नो पदबाट राजिनामा दिने घोषणा गरेको छु । निर्वाचनमा पराजयको सवै जिम्मा मैले लिनेछु।’

माओवादीले धनकुटामा ५ वटा वडा मात्रै जितेको छ। 

 

प्रकाशित: १८ असार २०७४ १४:१९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App