६ वैशाख २०८१ बिहीबार
राजनीति

नवलपरासीको रामग्राममा कांग्रेस विजयी

नवलपरासी – नवलपरासीको रामग्राम नगरपालिकामा नेपाली कांग्रेसले विजयी भएको छ । नगरपालिकाको मेयर र उप -मयेयर दुवै  पदमा कांग्रेसले जितेको हो। 

कांग्रेसका नरेन्द्रकुमार गुप्ताले ५ हजार ८ सय ५६ मत प्राप्त गर्दै विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उमाशंकर चौधरीले ४ हजार ५ सय ३० मत प्राप्त गरेका छन् । उपमेयरमा कांग्रेसकी रम्भा कुँवरले ६ हजार ५ सय ८९ मत प्राप्त गरी विजयी भएकी छन् । उनकी निकटतम प्रतिद्वन्द्वी एमालेकी उमादेवी यादवले ४ हजार ६१ मत प्राप्त गरेकी छिन् ।

रामग्राम नगरपालिकाका १८ वटा वडामध्ये कांग्रेसले १० वटा, राप्रपा र नयाँ शक्तिले ३ ,३ वटा र एमालेले २ वटा वडामा वडाअध्यक्ष जितेको छ । नगरपालिकाको वडा नम्बर २, ३, ६, ८, ९, १२, १४, १५, १६ र १८ मा कांग्रेस, वडा नम्बर १, ७ र १७ मा राप्रपा, वडा नम्बर ५ र ११ मा एमाले र ४, ११ र १३ मा नयाँ शक्तिले जित हात पारेको छ ।

 

प्रकाशित: १८ असार २०७४ ०९:०९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App